आजको विशेष

ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई सरकारले ठूलो राहत दिने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय सचिवालय तथा सम्बन्धित मन्त्रालय स्रोतका अनुसार देशभरका ऐलानी जग्गाबासीलाई आगामी एक वर्षभित्रै लालपुर्जा वितरण गर्ने योजनामा सरकार अघि बढेको हो । लामो समयदेखि विस्थापनको त्रासमा जीवन बिताइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अब कानुनी रूपमा जग्गाधनी बनाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ । सरकारले “जग्गाबाट हटाइन्छ कि” भन्ने डरमा नबस्न आग्रह गर्दै उनीहरूको बसोबासलाई व्यवस्थित र सुरक्षित बनाउने नीति लिएको बताइएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि देशभरका लाखौँ भूमिहीन नागरिकको वर्षौँदेखिको अन्योल अन्त्य हुने र आफ्नै नाममा लालपुर्जा पाउने सपना पूरा हुने अपेक्षा गरिएको छ ।...
जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले वर्तमान सरकार जेन्जी आन्दोलनकै आधारमा गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । छलफलका क्रममा घाइते तथा सहिद परिवारले भने विगतमा भएका सहमति तथा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।...
अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । आजको खेलमार्फत नेपालका युवा खेलाडी ईशान पाण्डे ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो । आजको खेलमा कुशल भुर्तेल र सोमपाल कामी पनि टोलीमा समावेश छन् । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव तथा सोमपाल कामी रहेका छन् । नेपाल र अमेरिकाबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल भएका छन् । तीमध्ये नेपाल र अमेर...
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति निर्धारणका लागि गठन गरिएको राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिले बिहीबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा अन्य नीतिगत दस्तावेजमा समेटिनुपर्ने राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना तथा कार्यप्रक्रिया सुधारका विषयमा अध्ययन गरी सुझाव पेश गर्न गत माघ २८ गते समिति गठन गरिएको थियो। उक्त समिति अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठन गरिएको हो। समितिका सदस्यहरूले प्रतिवेदनमा कार्यान्वयन गर्न सकिने व्यावहारिक तथा प्रभावकारी सुझाव समावेश गरिएको बताएका छन्। प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले समितिबाट प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्दै आवश्य...
यान्त्रिक अवस्था कमजोर रहेका १७ सवारीसाधनका चालक कारबाहीमा

यान्त्रिक अवस्था कमजोर रहेका १७ सवारीसाधनका चालक कारबाहीमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक परीक्षण गर्दा १७ वटा सवारी मापदण्डविपरीत अवस्थामा फेला परेपछि चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा केही सवारीसाधनमा ह्याण्डब्रेक बिग्रिएको, लाइट नबलेको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। यस्ता कमजोर अवस्थाका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ। काठमाडौँ उपत्यका ट्राफ...
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश, बढ्दो बेरुजुप्रति चिन्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवनमा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम राया ले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक निकायमा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गरेका छन्। उनले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय थप जिम्मेवार हुनुपर्नेमा जोड दिए। “बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशामा सार्वजनिक निकायका पदाधिकारी अझ बढी उत्तरदायी बन्न आवश्यक छ,” राष्ट्रपतिले बताएका छन्। उनले फजुल खर्च नियन्त्रण गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले प्रतिवेदनले औँल्याएका ...
यस वर्ष मनसुनजन्य विपद्बाट २ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान

यस वर्ष मनसुनजन्य विपद्बाट २ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ। बिहीबार पूर्वाधार विकासमन्त्री सुनील लम्साल को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्ययोजनाअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। कार्ययोजनाको पहिलो खण्डमा मनसुनजन्य विपद्को जोखिम विश्लेषण तथा सम्भावित प्रभाव मूल्यांकन गरिएको छ भने दोस्रो खण्डमा पूर्वतयारी तथा प्रतिकार्यका लागि जिम्मेवार निकाय र तिनका प्रमुख जिम्मेवारी समेटिएका छन्। त्यसैगरी, तेस्रो खण्डमा विषयगत क्षेत्र तथा सम्बन्धित निकायका कार्ययोजना समावेश गरिएका छन् भने चौथो खण्डमा सम्पर्क व्यक्ति, खोज तथा उद्धार र राहत सामग्रीको विवरण उल्लेख गरिएको छ। बैठकले खोज तथा उद्धार टोली गठ...
मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन काठमाडौंमा हुने

मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन काठमाडौंमा हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौँ साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीहरूको सहभागितामा महाधिवेशन गर्न लागिएको जानकारी दिएको हो । महासंघका अनुसार हाल सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० भन्दा बढी साधारण सदस्य आबद्ध रहेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ । सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी नेपालसम्मका प्रतिनिधिहरू राजधानी आइरहेका छन् । महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने महासंघले जनाएको छ । विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सचिव तथा सहकोषाध्यक्ष पदमा निर...
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जसमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपतिले जेठ २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिनेछन् । यसअघि बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि सभामुखले अचानक अर्थमन्त्रीलाई बोलाएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । तर आजको कार्यसूचीअनुसार प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम तय गरिएको छ । जवाफपछि नीति तथा कार्यक्रममा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि सभामुखले आर्थिक वर्ष २...
बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द

बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड मा सम्भावित बाढी र सडक निर्माण कार्यका कारण सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्म सञ्चालन हुने बिपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालन रोकिएको हो। प्रहरीका अनुसार २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन अर्को सूचना जारी नभएसम्म बन्द रहनेछन्। यस्तै, नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम जारी रहेकाले हिल्सा–सिमकोट सडकखण्डमा पनि यातायात सेवा अवरुद्ध गरिएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन बन्द गरिएको प्रहरीले...