ग्याङ फाइटमा एक युवतीसहित ६ जना पक्राउ
Pokharaमा सार्वजनिक भएको ग्याङ फाइटको भिडियोपछि प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोले युवापुस्तामाझ बढ्दो हिंसात्मक प्रवृत्ति र लागुऔषध दुव्र्यसनबारे गम्भीर प्रश्न उठाएको छ ।
पक्राउ पर्नेहरूमा बाँझपाटनका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भई बाँझपाटन बस्दै आएका ३० वर्षीय दिलेराम गुरुङ, नुवाकोट घर भई बाग्लुङ बसपार्क क्षेत्रमा बस्दै आएका १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा २० वर्षीया लिजा पुन रहेका छन् ।
District Police Office Kaskiका अनुसार वैशाख २२ गते राति बाग्लुङ बसपार्क क्षेत्रमा भएको समूहगत झडपमा उनीहरूको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
...















