जुम्लामा ६ उम्मेदवारको जमानत जफत
जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा एक स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि ती उम्मेदवारहरूको जमानत जफत भएको हो। जुम्लामा कुल ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८७८ मत खसेको थियो। जसमध्ये १ हजार ७०५ मत बदर हुँदा ३९ हजार १७३ मत सदर भएको थियो।
कानुनी व्यवस्थाअनुसार उम्मेदवारले सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् ३ हजार ९१७ मत ल्याउनुपर्ने हुन्छ। तर रास्वपाकी उम्मेदवार विनिता कठायतले ४२१ मत मात्रै प्राप्त गरेकी थिइन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका ऋषि धितालले ११२, नेमकिपाका विर्षबहादुर रावतले ४००, नेकपा (माओवादी)का विर्ख शाहीले ७१, नेजपाका नीलविक्रम शाहीले ४३ र स्...















