सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार
हुम्ला – हुम्लामा तीन दिनदेखि रोकिएका दुई अमेरिकी नागरिकको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयको पहलमा तारा एयरले शनिबार विशेष उडान भरेको छ।
विदेशी सहयोगमा सिमकोटमा सञ्चालित विद्यालयको अनुगमनका लागि आएका ती पर्यटकहरू प्रतिकूल मौसम र जहाज अभावका कारण अलपत्र परेका थिए। उनीहरू रोकिएको जानकारी मन्त्रालयको सचिवालयमा पुगेपछि मन्त्रीका स्वकीय सचिव सुमन गौतमको सक्रियतामा उडान व्यवस्थापन गरिएको हो।
उक्त उडानमार्फत ती अमेरिकी नागरिक नेपालगञ्ज प्रस्थान गरेका छन्। यसअघि तारा एयरले यो साता हुम्लाका लागि कुनै उडान नगर्ने जनाएको थियो। पोखराबाट जोमसोम जाँदै गरेको जहाजलाई समेत नेपालगञ्ज ल्याएर उडान मिलाइएको थियो।
खराब मौसम र निजी एयरलाइन्सका जहाज नेपालगञ्जमा नहुँदा हुम्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित बनेको थियो। गत मङ्गलबारदेखि परेको वर्षा र हिमपातका कारण बिहीबा...















