तिलिचो तालमा भएको रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा सूचीकृत
काठमाडौं । मनाङस्थित तिलिचो तालमा आयोजना गरिएको ऐतिहासिक रेस्लिङ प्रतियोगिता ‘वल्र्ड बुक अफ रेकर्ड, लन्डन’मा समावेश भएको छ। करिब ४,९१९ मिटर उचाइमा रहेको विश्वकै उच्च स्थानमा अवस्थित तालमध्ये एक तिलिचोमा सम्पन्न उक्त प्रतियोगिताले नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा गत नोभेम्बर २६ मा आयोजित उक्त प्रतिस्पर्धामा नेपालकी भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा नेपाली खेलाडीहरू भगवती र अस्मिता विजयी भएका थिए।
उक्त कीर्तिमानको प्रमाणपत्र पूर्व उपसभामुख इन्दिरा रानाले एक कार्यक्रमबीच खेलाडीहरूलाई प्रदान गरिन्। फाउन्डेसनमा भगवती अध्यक्ष तथा अस्मिता कोषाध्यक्षको भूमिकामा रहेका छन्।
यसअघि पनि फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ आयोजना गर्ने लक्ष्यसहित सोलुखुम्बुको खु...















