Day: August 8, 2026

जगतगुरु शिव शक्ति बाबा महाराजलाई ‘प्रथम राजीव गान्धी गौरव रत्न अवार्ड’ प्रदान गरिने

जगतगुरु शिव शक्ति बाबा महाराजलाई ‘प्रथम राजीव गान्धी गौरव रत्न अवार्ड’ प्रदान गरिने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
डाक्टर रोकरी वशिष्ठका अनुसार, ब्युरो न्यूज नयाँ दिल्ली अन्तर्राष्ट्रिय समरसता मञ्चले नेपालका कोशी प्रदेशका प्रसिद्ध आध्यात्मिक सन्त जगतगुरु शिव शक्ति बाबा महाराज (श्री श्री श्री महाराज, द्वितीय सिद्ध पुरुष) लाई ‘प्रथम राजीव गान्धी गौरव रत्न अवार्ड’ बाट सम्मानित गर्ने घोषणा गरेको छ। भारत रत्न तथा पूर्वप्रधानमन्त्री स्वर्गीय श्री राजीव गान्धीको जयन्ती समापन महोत्सवका अवसरमा २३ अगस्ट २०२६ मा नयाँ दिल्लीमा आयोजना हुने भव्य अन्तर्राष्ट्रिय समारोहमा उक्त सम्मान प्रदान गरिने जनाइएको छ। मञ्चका अनुसार जगतगुरु शिव शक्ति बाबा महाराजलाई सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, धर्म प्रचार, पर्यावरण संरक्षण, मानव सेवा तथा राष्ट्र निर्माणका क्षेत्रमा उहाँले पुर्‍याएको उल्लेखनीय एवं प्रेरणादायी योगदानका लागि सम्मानका लागि चयन गरिएको हो। नेपाल सरकारका प्रथम उपराष्ट्रपति परमानन्द झाका विशिष्ट सल्लाहकार ...
बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनतर्फ

बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनतर्फ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, राजनीति, समाचार
प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू क्रमशः पुनः सञ्चालन र सुधारको बाटोमा अघि बढिरहेको बताएका छन्। इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण राष्ट्रिय उद्योगहरू चलायमान हुन थालेको उनको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु. २ करोड ३८ लाखको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा रु. ३ करोड नाफा कमाएको छ। हाल ११ प्रकारका औषधि उत्पादन भइरहेकोमा थप २५ प्रकारका औषधि उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ। त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा अघि बढेको छ। उद्योगका तान मर्मतपछि परीक्षण उत्पादनसमेत सुरु भएको जनाइएको छ। नेपाल वायुसेवा निगमले चैतदेखि असारसम्म रु. ६ अर्ब २७ करोड आम्दानी गरेको छ। सो अवधिमा सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको र जहाजको ऋणबापत रु. ...