Author: Xpress Tv News Nepal

काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
काठमाडौँ – काठमाडौँको पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गएराति प्रहरीसँग जम्काभेट भएपछि गोली प्रहार गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो। गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएका छन् र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बरामद भएको सामानमा करिब १ किलोग्राम खैरो हेरोइन रहेको छ। ब्युरोका एसपी रेग्मी नेतृत्वको टोलीले खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा उक्त क्षेत्रमा छापा मारेको थियो।...
राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घ बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्कको आवश्यकता बढ्दै गएकाले उक्त समझदारी गरिएको जनाइएको छ। समझदारीमार्फत तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीतिअनुसार निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रयोगलाई सुदृढ बनाइनेछ। साथै, तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय विस्तार गरिने उल्लेख गरिएको छ। कमलप्रसाद पोख्रेल र वीरेन्द्रराज पाण्डे को उपस्थितिमा कार्यालयका निर्देशक वेदप्रसाद ढकाल तथा परिसङ्घका महानिर्देशक घनश्याम ओझा...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
देवदह (रुपन्देही), चैत २४ — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्। सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले सङ्घीय सरकारसँग यस्तो आग्रह गरेका हुन्। समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको उक्त विमानस्थल छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भगवान् गौतमबुद्धको नामबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा आए देशको आर्थिक गतिविधि थप गतिशील हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लुम्बिनीको विकासले समग्र मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। “विमानस्थल नियमित सञ्चालनमा आए भैरहवामात्र होइन, समग्र देशकै विकासमा टेवा पुग्छ र पर्...
असारभित्र २९ लाख नागरिकलाई लाइसेन्स वितरण गर्ने तयारी

असारभित्र २९ लाख नागरिकलाई लाइसेन्स वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले असारभित्र २९ लाख नागरिकलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिने घोषणा गरेका छन्। मन्त्रालयको सामाजिक सञ्जालमार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो। मन्त्री तिमिल्सिनाका अनुसार हालसम्म लाइसेन्स परीक्षा पास गरी छपाइ कपी लिन बाँकी रहेका २९ लाख सेवाग्राहीलाई २४ घण्टाभित्र नयाँ लाइसेन्स उपलब्ध गराउने गरी सिस्टम विकास गरिएको छ। मन्त्रालयको सूचनाअनुसार सुरक्षण मुद्रण केन्द्रले उक्त काम सम्पन्न गर्नेछ र यातायात व्यवस्था विभागले प्रदान गर्ने डाटाको आधारमा २४ घण्टाभित्र लाइसेन्स छापिनेछ।...
अब बैंक पनि शनिबार–आइतबार बन्द, सेवा समय परिमार्जन

अब बैंक पनि शनिबार–आइतबार बन्द, सेवा समय परिमार्जन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं– अबदेखि बैंक तथा वित्तीय संस्थाहरू शनिबार र आइतबार बन्द हुने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूका विदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ। मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारले हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरेको छ। नयाँ नियमअनुसार बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समय परिमार्जन गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ। केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न सुरु गरिसकेका छन्।...
फेवाताल जग्गा प्रकरण: गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको खुलासा, कानुनी उपचारको तयारी

फेवाताल जग्गा प्रकरण: गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको खुलासा, कानुनी उपचारको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
भ्रष्टाचार र ठगीविरुद्ध कडा अभियान सञ्चालन गर्दै आएका गृहमन्त्री सुधन गुरुङ फेवाताल जग्गा प्रकरणमा आफैं ठगिएको तथ्य सार्वजनिक भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने अभियानका क्रममा, उनले करिब ८–१० वर्षअघि व्यवसायिक प्रयोजनका लागि लिजमा लिएको जग्गा समेत मापदण्डभित्र परेको भेटिएको हो। युवा उद्यमीको रूपमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले मन्त्री गुरुङसहित तीन जना साझेदारले उक्त जग्गा भाडामा लिएका थिए। जग्गाधनीले सो जग्गा फेवातालको ६५ मिटर मापदण्ड बाहिर रहेको र लालपुर्जा सुरक्षित रहेको दाबी गर्दै झुक्याएर लिजमा दिएको मन्त्री गुरुङको भनाइ छ। पछि पोखरा महानगरपालिका बाट जानकारी लिँदा उक्त जग्गा अतिक्रमण क्षेत्रभित्र पर्ने पुष्टि भएपछि, नैतिकताको आधारमा आफूले लगानी तथा निर्माण कार्य तत्काल रोकेको उनले स्पष्ट पारेका छन्। आफ्न...
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनाको अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो। पहिलो सुनुवाइ चैत १६ मा भएको थियो, जसमा सरकारलाई कारण देखाउन आदेश जारी गरिएको थियो। आदेशपछि सरकारका तर्फबाट लिखित जवाफ पेश भएको र आजको सुनुवाइ तय गरिएको हो। जेनजी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि चैत १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो।...
सरकारी कार्यालयमा ‘कोठा–कोठामा प्रधानमन्त्रीको फोटो नराख्न’ निर्देशन

सरकारी कार्यालयमा ‘कोठा–कोठामा प्रधानमन्त्रीको फोटो नराख्न’ निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च कटौती गर्न सर्कुलर जारी गरेको छ। उक्त निर्देशनअनुसार प्रत्येक कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने परम्परा रोक्न र आवश्यक तथा औचित्यका आधारमा मात्रै फोटो राख्न भनिएको छ। डिप्लोमेटिक मिसन बाहेकका कार्यालयहरूमा आवश्यकता भन्दा बढी कोठा–कोठामा फोटो राख्ने र त्यसबाट हुने खर्चलाई नियन्त्रण गर्न यस्तो सर्कुलर जारी गरिएको सचिवालयले जनाएको छ। सरकारी खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन विभिन्न तहमा पहल भइरहेका बेला यो निर्णय खर्च कटौतीतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। परम्परागत रूपमा अपनाइँदै आएको फोटो झुण्ड्याउने अभ्यासले अनावश्यक व्यय बढाएको भन्दै उक्त व्यवस्था लागू गरिएको हो।...
३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’ : गृहमन्त्री गुरुङ

३६ वर्षसम्म सुरक्षाकर्मीलाई ‘हत्कडी’ : गृहमन्त्री गुरुङ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
काठमाडौँ । सुदन गुरुङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै ‘हत्कडी’ लगाइदिएको जस्तो अवस्था रहेको टिप्पणी गरेका छन्। आइतबार (चैत २२) सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लामो समयसम्म सुरक्षाकर्मीहरू प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्था सिर्जना गरिएको संकेत गरेका हुन्। उनले लेखेका छन्, “३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हत्कडी लगाइदिएको रहेछ।” राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले पदभार सम्हालेपछि सुरक्षा कारबाही तीव्र बनाइएको देखिन्छ। यसक्रममा पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवं रमेश लेखकलगायत केही नेतासमेत पक्राउ परिसकेका छन्। यसैबीच, शनिबार (चैत २१) काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्लो समय सार्वजनिक शान...
प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ। वीरगञ्जको नारायणी रंगशालामा सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २२७ रन बनाएको थियो। गण्डकीका अर्जुन कुमालले १०२ रन बनाए भने विपिन खत्रीले ७६ रन योगदान गरे। कोशी प्रदेशले जबाबी ब्याटिङमा ५० ओभरमा नौ विकेट गुमाउँदै १८८ रनमा मात्र समेटियो। कोशीका दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडे। गण्डकीका सिव्रिन श्रेष्ठले तीन विकेट लिए भने अपराजित पौडेलले दुई विकेट लिए। आजको खेलको उत्कृष्ट प्रदर्शनको आधारमा गण्डकी प्रदेशका अर्जुन कुमाललाई ‘म्यान अफ दि म्याच’ घोषणा गरिएको छ। प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सात प्रदेशका टोली गरी जम्मा १० टोलीको ...