दुर्गम बस्तीमा डिजिटल पहुँच विस्तार गर्दै नेपाल टेलिकम
काठमाडौं । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा विकट हिमाली बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई तीव्र बनाएको छ। भौगोलिक रूपमा कठिन र कम जनसङ्ख्या भएका क्षेत्रमा समेत हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर फोरजी तथा मोबाइल सेवा विस्तार भइरहेको टेलिकमले जनाएको छ।
सरकारको डिजिटल विभेद न्यूनीकरण गर्ने नीतिअनुसार टेलिकमले व्यावसायिक लाभभन्दा नागरिकको पहुँचलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिरहेको हो। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ।
नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षित थापा क्षेत्रीका अनुसा...















