संविधान संशोधन कार्यदलको ५४ बुँदे प्रस्ताव सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म
काठमाडौं । संविधान संशोधन बहसपत्र निर्माणका लागि गठित कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, न्यायाधीशको पुनर्नियुक्तिलगायत ५४ बुँदे प्रस्ताव तयार गरेको छ।
कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश संरचना, स्थानीय तह, न्यायपालिका, संवैधानिक निकाय तथा विविध विषय समेटेर प्रारम्भिक प्रस्ताव सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव संकलन गरिरहेको जनाएको छ।
प्रस्तावअनुसार शासकीय स्वरूपसँग सम्बन्धित ७, निर्वाचन प्रणालीका ८, संघीयतासम्बन्धी २, प्रदेशसँग सम्बन्धित ८, स्थानीय तहका ३, न्यायपालिकाका ११, संवैधानिक निकायसम्बन्धी ६ तथा अन्य विविध विषयअन्तर्गत ९ वटा प्रस्ताव अघि सारिएका छन्।
संविधान संशोधन बहसपत्र तयारी कार्यदल २०८२ का संयोजक असिम शाह ले संविधान संशोधनबारे व्यापक बहस र छलफलका लागि आधार तयार गर्न विभिन्न विषय समेटिएको...















