स्वास्थ्य सेवा सुधारका लागि तीन तहका सरकारबीच बलियो सहकार्य आवश्यक : सरोकारवाला
भरतपुर । नेपालको स्वास्थ्य प्रणालीलाई आधुनिक, सुलभ, किफायती र नागरिकमैत्री बनाउन संघीय, प्रदेश तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल चिकित्सक संघद्वारा चितवनको भरतपुरमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि तीनै तहका सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
शनिबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा नेपालको स्वास्थ्य प्रणालीलाई थप आधुनिक, सहज पहुँचयुक्त, किफायती तथा समतामूलक बनाउने विषयमा नीति, रणनीति र नवप्रवर्तनका विभिन्न पक्षमाथि व्यापक छलफल भइरहेको छ। यस वर्षको सम्मेलन ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन...















