प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गर्ने तयारी भइरहेको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए। साथै, अध्यादेश ल्याउने प्रक्रियाबारे पनि उनले आलोचना गरे।
उनले भने, ‘सदनलाई छल्दै अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन स्थगित गर्ने कार्य लोकतन्त्र र संसदीय अभ्यासविपरीत हो। यस्तो प्रवृत्तिबाट सरकार सचेत हुनुपर्छ, अन्यथा यो संविधानको मर्मविपरीत हुनेछ।’
प्रचण्डले सुकुमबासी समस्याबारे पनि धारणा राख्दै वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरिएकोप्रति आपत्ति जनाए। ‘सुकुमबासीले अतिक्रमण गरेका भए पनि उनीहरूको वास्तविक अवस्था बुझेर उचित छानबिन हुनुपर्थ्यो,’ उनले भने, ‘तर सरकारले हतारम...















