पुलिसलाई हराउँदै झापा–११ फाइनलमा
विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’को ३८औँ संस्करणमा पूर्वविजेता झापा–११ फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो।
झापाको जितमा फागुराम थारूले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ नजिकबाट गरेको शक्तिशाली प्रहार जालीमा परिणत हुँदा झापाको जित सुनिश्चित भएको थियो।
यस जितसँगै झापाले १० वर्षअघिको हारको बदला पनि लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिसबीच भएको प्रतिस्पर्धामा पुलिसले १–० ले नै जित हासिल गरेको थियो। तर, एक दशकपछि सोही मैदानमा उही नतिजा उल्टाउँदै झापाले फाइनल यात्रा तय गरेको हो।
खेलको ‘प्लेयर अफ द म्याच’ झापा–११ का सोलोमन किङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्का...















