धवलशमशेर राणासहित १८३ जना नेताकार्यकर्ताले छाडे राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री Dhawal Shumsher Rana सहित १८३ जना नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
उपत्यकाका विभिन्न पदाधिकारी, नेता, केन्द्रीय सदस्य तथा भ्रातृ एवं जनवर्गीय संगठनका पदाधिकारी, सदस्य र कार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका हुन्।
राणा पक्षले पार्टीको मूल नेतृत्व कमजोर, आत्मकेन्द्रित र सिद्धान्तविपरीत ढंगले अघि बढेकाले पार्टीको भविष्य संकटमा परेको आरोप लगाएको छ। उनीहरूले पार्टीको वैचारिक आधार र विश्वासबाट नेतृत्व विचलित भएको, एकता महाधिवेशनको म्यान्डेटलाई बेवास्ता गरेको तथा केन्द्रीय कार्यसमितिलाई जानकारीसमेत नदिई तत्कालीन Pushpa Kamal Dahal नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने’ न्यूनतम साझा कार्यक्रममा सहभागी बनेको दाबी गरेका छन्।
राजीनामा पत्रमा उनीहरूले संवैधानिक राजसंस्था पुनःस्थापन...















