Breaking News 1

थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’

थापाको नियुक्तिप्रति एमाले महासचिव पोखरेलको व्यङ्ग्य : ‘जान्नेलाई छान्ने तरिका गजबको रहेछ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले हालै गरेका नियुक्ति प्रक्रिया र राजनीतिक निर्णयप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलले उक्त प्रतिक्रिया दिएका हुन्। पोखरेलले काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत पद रिक्त गराई सोही पदमा नियुक्त गरिएको भन्दै सरकारको दोहोरो चरित्र उजागर भएको टिप्पणी गरेका छन्। उनले विश्वविद्यालयलाई राजनीतीकरणमुक्त बनाउने नाममा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको...
रास्वपाको केन्द्रीय समितिमा पुराना दलबाट आएका नेताको वर्चस्व, रवि–बालेन–विवेकशील समूह अल्पमतमा

रास्वपाको केन्द्रीय समितिमा पुराना दलबाट आएका नेताको वर्चस्व, रवि–बालेन–विवेकशील समूह अल्पमतमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निर्वाचित केन्द्रीय सदस्यहरूको समूहगत अवस्थाअनुसार रवि लामिछाने निकट ३४ जना, बालेन समूहका २५ जना, विवेकशील साझाबाट आएका ३ जना तथा अन्य समूहका ३८ जना निर्वाचित भएका छन्। रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। जसमा सभापतिसहित ९९ जना महाधिवेशनबाट निर्वाचित, ५१ जना सभापतिबाट मनोनीत तथा सातै प्रदेशका अध्यक्ष पदेन सदस्य रहने प्रावधान छ। महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री समेत निर्वाचित भएका छन्। अन्य पदाधिकारी भने विधानबमोजिम सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।...
प्रधानन्यायाधीशले न्याय परिषद् बैठक नबोलाउँदा न्यायाधीश नियुक्ति रोकियो, सर्वोच्चमा २७ हजारभन्दा बढी मुद्दा थाती

प्रधानन्यायाधीशले न्याय परिषद् बैठक नबोलाउँदा न्यायाधीश नियुक्ति रोकियो, सर्वोच्चमा २७ हजारभन्दा बढी मुद्दा थाती

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — सर्वोच्च अदालतमा न्यायाधीशको अभावका कारण मुद्दा फर्स्योटको गति सुस्त बन्दै गएको छ। रिक्त न्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि नबढ्दा अदालतमा विचाराधीन मुद्दाको चाप निरन्तर बढिरहेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएको लामो समय बितिसक्दा पनि न्याय परिषद्को बैठक आह्वान नगरेकाले रिक्त पदमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन। सर्वोच्च अदालतको तथ्यांकअनुसार जेठ मसान्तसम्म २७ हजार ७ सय ३९ मुद्दा विचाराधीन छन्। तीमध्ये १० हजार २ सय ३४ मुद्दा दुई वर्षभन्दा पुराना छन् भने १ हजार ४ सय ४२ मुद्दा पाँच वर्षभन्दा बढी समयदेखि फैसला हुन बाँकी रहेका छन्। मंगलबार पेसी तोकिएका ४ सय ६३ मुद्दामध्ये १ सय ३१ मुद्दामा मात्रै फैसला वा आदेश भएको थियो। १ सय ९३ मुद्दा भने ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन्। सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी रहे पनि हाल १८ जना मात...
ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १५७ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ वटा सवारीसाधन, एकतर्फी सडकमा सवारी चलाउने ५४ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५३८ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।...
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ। मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात गरिँदैछ। उक्त मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्ति सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डर मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल सा...
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जङ्गल सफारी बन्द, वर्षायामपछि मात्रै पुनः सञ्चालन हुने

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जङ्गल सफारी बन्द, वर्षायामपछि मात्रै पुनः सञ्चालन हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। वर्षायाममा भलबाढी, कच्ची वनमार्ग बिग्रिने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सफारी सेवा स्थगित गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना जारी नभएसम्म जङ्गल सफारी सञ्चालन नहुनेछ। उनका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि उपयुक्त समय भएकाले उनीहरूको प्राकृतिक बासस्थानमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यले पनि सफारी बन्द गरिएको हो। निकुञ्जले प्रत्येक वर्ष वर्षायाममा जङ्गल सफारी सेवा बन्द गर्दै आएको छ। मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपासबाट पुनः सफारी सञ्चालन गर्ने परम्परा रहेको छ। यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जिप सफारी भने यथा...
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ। पार्टीका अनुसार आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।...
कर्मचारी सरुवा अब डिजिटल प्रणालीबाट, आवेदनदेखि निर्णयसम्म सबै प्रक्रिया अनलाइन

कर्मचारी सरुवा अब डिजिटल प्रणालीबाट, आवेदनदेखि निर्णयसम्म सबै प्रक्रिया अनलाइन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। सरुवा प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली विकास गरेको हो। मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइल मा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ। सरुवासम्बन्धी आवेदन व्यवस्थापनका लागि प्रणालीमा फ्ल्यागिङ प्रणाली समेत समावेश गरिएको छ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग पुर्‍याउनेछ। त्यसैगरी, कर्मचारीहर...
वर्षायामका लागि नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण र जनशक्ति तयारी अवस्थामा

वर्षायामका लागि नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण र जनशक्ति तयारी अवस्थामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चितवन । वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ। सडक डिभिजन कार्यालय, भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक मेसिन तथा प्राविधिक जनशक्ति परिचालनको व्यवस्था गरेको जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानमा पहिरो खसेर सडक अवरुद्ध भए तत्काल हटाउन उपकरण तयारी अवस्थामा राखिएको हो। उनका अनुसार: मुग्लिन क्याम्पमा १ वटा लोडर, सेती दोभान क्याम्पमा १ वटा एक्स्काभेटर, १ वटा लोडर र १ वटा ब्याकहो लोडर, सडक डिभिजन कार्यालय, भरतपुरमा १ वटा ब्याकहो लोडर, तथा कालीगण्डकी करिडोरमा १ वटा लोडर तयारी अवस्थामा राखिएको छ। सडक अवरुद्ध भएमा तत्काल पह...
ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो

ओलीको आरोप: तोडफोड, हिंसा र लुटपाटलाई वैधानिकता दिँदा देश बर्बादीतर्फ धकेलियो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाउँदै त्यसले देश बर्बादीतर्फ धकेलिएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश कमजोर बन्दै गएपछि खेलकुदसहित कुनै पनि क्षेत्रले अपेक्षित गति लिन नसकेको बताए। उनले खेलाडीमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देश समृद्ध नभएसम्म कुनै पनि क्षेत्रले दीर्घकालीन सफलता हासिल गर्न नसक्ने धारणा राखे। ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ र आर्थिक चुनौतीबीच पनि देशलाई उकास्ने प्रयास गरेको दाबी गरे। शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका पहल गरिएको उनको भनाइ थियो। उनले वर्तमान सरकारले मुलुकलाई गलत दिशातर्फ लगेको आरोप लगाउँदै संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न...