सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो
काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै रोकेको छ।
लामो समयदेखि माइतीघर मण्डलामा धर्नामा बसेका दृष्टिविहीनहरू बिहीबार (असार १८) सिंहदरबारतर्फ मार्चपास गर्ने तयारीमा थिए। तर, प्रहरीले उनीहरूलाई अघि बढ्न नदिई बीचबाटै फर्काएको हो।
आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले सिंहदरबार घेराउको कार्यक्रम घोषणा गरेका थिए। सडकपेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक पेशा अपनाउँदै आएका दृष्टिविहीनहरूले सरकारले आफ्नो व्यवसाय गर्न अवरोध गरेको आरोप लगाउँदै ११ दिनदेखि निरन्तर धर्ना दिँदै आएका छन्।
उनीहरूको मुख्य मागमा दृष्टिविहीनको सम्मानजनक व्यवस्थापन, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको सुनिश्चितता, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशालाई निर्बाध रूपमा सञ्चालन गर्न...















