आईपीएलमा राजस्थानमाथि दिल्ली क्यापिटल्स ७ विकेटले विजयी
काठमाडौँ । Delhi Capitals ले जारी Indian Premier League (आईपीएल) मा Rajasthan Royals लाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ७ विकेटले हराएको हो।
राजस्थानले दिएको २२६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
दिल्लीको जितमा केएल राहुलले सर्वाधिक ७५ रन बनाए भने पाथुम निसान्काले ६२ रनको योगदान दिए। त्यस्तै नितिश रानाले ३३ तथा आशुतोष शर्माले २५ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान रियान परागको ९० रन, डोनोभान फरेराको अविजित ४७ तथा ध्रुव जुरेलको ४२ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।
यो दिल्लीको ९ खेलमा चौथो जित हो। यससँगै दिल्ली ८ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। त्यस्तै राजस्थान १० खेलमा १२ अंकसहित चौथो स्थानमा कायम रहेको छ।
जारी आईपीएल अन्तर्गत आज Chennai Super Kings र Mumbai ...















