विचार

विश्व वातावरण दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदै

विश्व वातावरण दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। वातावरण विभागका अनुसार कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाको सहभागिता रहनेछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीको सामना तथा प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्व वातावरण दिवसलाई विशेष महत्त्वका साथ मनाउन लागिएको बताए। दिवसको अवसरमा देशभर वृक्षरोपण,...
फरेन्सिक ल्याब धेरै बनाउने होइन, एकलाई आधुनिक बनाउनु उपयुक्त : महावीर पुन

फरेन्सिक ल्याब धेरै बनाउने होइन, एकलाई आधुनिक बनाउनु उपयुक्त : महावीर पुन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालले आर्थिक क्षमताका कारण धेरै सङ्ख्यामा फरेन्सिक (विधि विज्ञान) प्रयोगशाला निर्माण गर्न नसक्ने बताएका छन्। बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ माथिको छलफलका क्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। छलफलमा सांसदहरूले प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए पनि सांसद पुनले त्यसमा असहमति जनाए। उनका अनुसार फरेन्सिक प्रयोगशालाका लागि आवश्यक उपकरण अत्यन्तै महँगो हुने भएकाले प्रदेश–प्रदेशमा ल्याब स्थापना गर्नु नेपालको आर्थिक क्षमताभन्दा बाहिरको विषय हो। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आईएसओ मान्यता प्राप्त गर्न पनि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने उल्लेख गरे। आ...
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले उठायो १० करोडभन्दा बढी रकम

अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले उठायो १० करोडभन्दा बढी रकम

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौं । अध्ययन बिदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाट रकम असुली गर्ने प्रक्रिया तीव्र बनेको छ। हालसम्म ४१ जना प्राध्यापकले अध्ययन बिदा दुरुपयोगबापतको रकम फिर्ता गरेका छन्। त्रिविका अनुसार हालसम्म रु १० करोड ४६ लाख ५६ हजार ८०४ विश्वविद्यालयको पेन्सन कोषमा जम्मा भइसकेको छ। अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन् भने ६२ जनाले रकम बुझाउनका लागि निवेदन दिएका छन्। तीमध्ये ५४ जनालाई समितिले औपचारिक पत्राचार गरिसकेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको सक्रियता र निर्देशनपछि त्रिविले अध्ययन बिदाको दुरुपयोग सम्बन्धी छानबिनलाई तीव्रता दिएको हो। मन्त्रालयले कबुलियतनामाअनुसार रकम फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको बताइएको छ। छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले रकम असुलीको प्रक्रिया निरन्...
मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार

मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई श्री पशुपतिनाथ मन्दिर को प्रतिकृति उपहार प्रदान गरेका छन्। नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त प्रतिकृति उपहार प्रदान गरिएको बताइएको छ। पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र तथा नेपालको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक सम्पदामध्ये एक हो। उपहार हस्तान्तरणका क्रममा नेपाल र भारतबीचको सदियौँदेखिको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको जनाइएको छ। पशुपतिनाथ मन्दिरको प्रतिकृतिलाई दुई देशबीचको आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ। यसले नेपाल–भारत सम्बन्धलाई अझ घनिष्ठ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।...
कांग्रेस अनुशासन समितिको बैठक आज बस्ने

कांग्रेस अनुशासन समितिको बैठक आज बस्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जनाइएको छ। पार्टीले समितिका संयोजक तथा सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। बैठकमा पार्टीभित्रको अनुशासन, संगठनात्मक व्यवस्थापन तथा अनुशासनसम्बन्धी विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकबाट पार्टी अनुशासनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णयहरू समेत हुन सक्ने अपेक्षा गरिएको छ।...
तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधारमा सहकार्य, एकीकृत डिजिटल प्रणाली बनाइने

तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधारमा सहकार्य, एकीकृत डिजिटल प्रणाली बनाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गरी सूचना तथा सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा सम्पन्न सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बैठकले सञ्चार क्षेत्रको सुधार र पुनःसंरचनाका लागि विभिन्न नीतिगत निर्णय गरेको हो। सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम आयोजित बैठकले सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित बनाउन कार्यविधि स्वीकृत गर्नुका साथै निर्णयहरूको नियमित अनुगमन तथा प्रतिवेदन प्रणाली सञ्चालन गर्ने व्यवस्था गरेको छ। बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै पुराना कानूनी तथा संस्थागत संरचनामा सुधार आवश्यक भएको बताए। उनले सञ्चार क्षेत्रमा देखिएको दोहोरो तथा ते...
बजेटको सफल कार्यान्वयनबिनै आर्थिक लक्ष्य हासिल हुन नसक्ने : उद्योग परिसंघ

बजेटको सफल कार्यान्वयनबिनै आर्थिक लक्ष्य हासिल हुन नसक्ने : उद्योग परिसंघ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई समग्रमा सकारात्मक रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन भएमा अर्थतन्त्रले नयाँ गति लिन सक्ने विश्वास व्यक्त गरेको छ। परिसंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले २७३ वस्तुको भन्सार दर घटाउने र ३६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने निर्णयले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा औद्योगिकीकरणलाई थप टेवा पुग्ने जनाएको छ। वन तथा प्राकृतिक स्रोतको उपयोग, हरित औद्योगिकीकरण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निजी क्षेत्रको सहभागितामा औद्योगिक क्षेत्र निर्माण र सञ्चालन गर्ने व्यवस्थालाई परिसंघले स्वागतयोग्य कदमका रूपमा व्याख्या गरेको छ। उद्योग विस्तारलाई सहयोग पुग्ने गरी विद्युत् महसुल तथा माग शुल्क पुनरावलोकन, विशेष आर्थिक क्षेत्रका संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सकि...
सीमा विवादबारे संसदमा पुनः धारणा राख्न प्रधानमन्त्री तयार : सरकार

सीमा विवादबारे संसदमा पुनः धारणा राख्न प्रधानमन्त्री तयार : सरकार

Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । सरकारले सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्री संसदमा पुनः स्पष्ट धारणा राख्न तयार रहेको जनाएको छ। सरकारका प्रवक्ताले सीमा सम्बन्धी विषय राष्ट्रिय हितसँग जोडिएको संवेदनशील मुद्दा भएकाले आवश्यक परे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्न सक्ने बताएका हुन्। सरकारले सीमा विवादका विषयमा राष्ट्रिय सहमति, कूटनीतिक पहल तथा तथ्यमा आधारित संवादमार्फत समाधान खोज्न प्रतिबद्ध रहेको पनि जनाएको छ। यस विषयलाई लिएर संसदमा विभिन्न दलका सांसदहरूले चासो व्यक्त गरिरहेका बेला सरकारले प्रधानमन्त्री आवश्यक समयमा संसदमा बोल्न तयार रहेको स्पष्ट पारेको छ।...
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २९९ चालक कारबाहीमा, झण्डै २४ लाख राजस्व सङ्कलन

ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २९९ चालक कारबाहीमा, झण्डै २४ लाख राजस्व सङ्कलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लङ्घन गर्ने १ हजार २९९ जना चालकलाई एकै दिन कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३४ जना तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनामाथि कारबाही गरिएको हो। त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ११४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२० जना तथा एकतर्फी सडकमा सवारी चलाउने १४४ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न सबै चालकलाई आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरूमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।...
प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन, राष्ट्रिय सभा पनि दोस्रो दिन स्थगित

प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन, राष्ट्रिय सभा पनि दोस्रो दिन स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
  काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपराह्नसम्म पनि सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भूमिसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म बैठक सञ्चालन हुन नदिने अडान दोहोर्‍याएका छन्। यसअघि सोमबार बसेका प्रतिनिधिसभाका दुवै बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका थिए। उता मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित रहेको दाबी गरेका छन्। आवश्यक परे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर थप स्पष्टीकरण दिन तयार रहेको उनले बताएका छन्। यता मंगलबार बसेको राष्ट्रिय सभा बैठक पनि लगातार दोस्रो दिन अवरु...