अन्तर्राष्ट्रिय

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, बागमती, समाचार
काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनाले नवप्रवेशी केप भर्डेमाथि कठिन जित निकाल्दै अघिल्लो चरणमा यात्रा तय गरेको हो। खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै केप भर्डेलाई १–१ को बराबरीमा पुर्‍याए। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। यद्यपि, त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा ल्याए। खेल पेनाल्टी सुटआउटतर्फ...
सिक्किममा जगदगुरु शिव शक्ति बाबाको दिव्य आशीर्वाद कार्यक्रम भव्य रूपमा सम्पन्न

सिक्किममा जगदगुरु शिव शक्ति बाबाको दिव्य आशीर्वाद कार्यक्रम भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
जगद्गुरु शिव शक्ति बाबाको दुईदिने आशिर्वाद कार्यक्रम सिक्किममा  भव्य र श्रद्धापूर्वक सम्पन्न भएको छ। असार २७ र २८ गते सम्पन्न उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व (VIP), SHO Police, सरकारी कर्मचारी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारण भक्तजन सहभागी भई जगद्गुरु शिव शक्ति बाबाको दर्शन तथा आशीर्वाद प्राप्त गरेका थिए। कार्यक्रमस्थलमा बिहानदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको थियो। यस विशेष आध्यात्मिक कार्यक्रमको व्यवस्थापन तथा समन्वय अन्तर्राष्ट्रिय कथा वाचक रोहित राज महाराजको विशेष पहल र नेतृत्वमा गरिएको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन स्वयंसेवकहरूको टोलीले समेत सक्रिय भूमिका निर्वाह गरेको थियो। हजारौँ भक्तजनको उपस्थितिका बाबजुद कार्यक्रम अत्यन्त अनुशासित, शान्तिपूर्ण र व्यवस्थित रूपमा ...
सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित

सिक्किममा जगद्गुरु शिवशक्ति बाबा र पत्रकार कुमार भट्टराई भव्य सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
  सिक्किम — सिक्किमको गान्तोक जिल्लाअन्तर्गत सिङ्ताम बजारस्थित प्रणामी मन्दिरमा आयोजित जगद्गुरु शिवशक्ति बाबाको दुईदिने आध्यात्मिक तथा सेवा शिविर सम्पन्न भएको छ। आयोजकका अनुसार शिविरमा सिक्किमका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्व (VIP) तथा सिक्किम प्रहरी समेत शिविरमा सहभागी भई सेवा लिएका थिए। सहभागीहरूले शिविरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। शिविरको सफल आयोजनालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कथावाचक रोहितराज महाराजज्यूले जगद्गुरु शिवशक्ति बाबालाई प्रशंसापत्रसहित भव्य सम्मान प्रदान गरेका छन्। यसै अवसरमा शिविरका गतिविधि तथा समाचारलाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्‍याएको योगदानको कदरस्वरूप एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराईलाई पनि अन्तर्राष्ट्रिय कथावाचक रोहितराज मह...
सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक यबराज आचार्य सिक्किममा भव्य सम्मानित

सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक यबराज आचार्य सिक्किममा भव्य सम्मानित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
सनातन सिन्दूर अभियानका केन्द्रीय संयोजक तथा प्राचीनकालीन वैदिक सनातन राष्ट्रको संकल्पकर्ता यबराज आचार्य सिक्किममा विशेष सम्मानबाट सम्मानित भएका छन्। सिक्किमका रोहित राज महाराजले आचार्यलाई धार्मिक, सांस्कृतिक तथा सनातन मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्दै भव्य सम्मान प्रदान गरेका हुन्। सम्मान कार्यक्रममा सनातन धर्मप्रति आस्था राख्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान ग्रहणपछि आचार्यले आफूलाई प्रदान गरिएको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण सनातन धर्मप्रेमीहरूको सम्मानका रूपमा लिएको बताए। उनले सिक्किमबाट प्राप्त आत्मीयता, सद्भाव र प्रेमप्रति आभार व्यक्त गर्दै भने, "यो केवल सम्मान मात्र होइन, सिक्किमवासीको माया, विश्वास र आत्मीयताको प्रतीक हो। यसले मलाई सनातन धर्म, संस्कृति र राष्ट्र चेत...
इतिहास रचेकै दिन मेसीको नाममा अर्को अप्रिय कीर्तिमान

इतिहास रचेकै दिन मेसीको नाममा अर्को अप्रिय कीर्तिमान

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकै दिन आफ्नो नाममा एउटा अप्रिय रेकर्ड पनि दर्ता गरेका छन्। उनी विश्वकप इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्। अस्ट्रियाविरुद्धको खेलमा पेनाल्टी चुकाउनु मेसीको विश्वकप करियरमा तेस्रो पटक थियो। लाउटारो मार्टिनेज डि–बक्सभित्र लडाइएपछि अर्जेन्टिनाले खेलको नवौँ मिनेटमा पेनाल्टी पाएको थियो। ३८ वर्षीय मेसी पेनाल्टी प्रहार गर्न अघि सरेका थिए। तर, दौडिने क्रममा केही असन्तुलित भएपछि उनले बल गोलपोस्टको देब्रेपट्टि बाहिर प्रहार गरे। अप्रत्याशित रूपमा पेनाल्टी खेर फालेपछि उनले दुवै हातले टाउको समात्दै निराशा व्यक्त गरेका थिए। यससँगै अर्जेन्टिनाले सुरुआती अग्रता लिने अवसर गुमायो। आठ पटकका Ballon d'Or विजेता मेसीले विश्वकपमा पेनाल्टी मिस गरेको यो तेस्रो घटना हो। यसअघि उनले सन् ...
अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण हुने, करिब ८६ करोड बजेट विनियोजन

अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण हुने, करिब ८६ करोड बजेट विनियोजन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अस्ट्रेलिया, साउदी अरेबिया र थाइल्यान्डमा नेपाली दूतावास भवन निर्माण गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार यी तीन देशमा दूतावास भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा आर्थिक वर्ष सुरु भएसँगै भवन निर्माण प्रक्रिया अघि बढाइनेछ। हाल नेपालका विदेशस्थित ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास गरी कुल ४४ कूटनीतिक नियोग सञ्चालनमा छन्। तीमध्ये केही कार्यालय र राजदूत निवास मात्र आफ्नै स्वामित्व वा लिजमा रहेका भवनमा सञ्चालन भइरहेका छन् भने अधिकांश नियोग अझै भाडाका भवनमा निर्भर छन्। सरकारले यसअघि नै पाकिस्तानको इस्लामाबाद, साउदी अरेबियाको रियाद, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्प...
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले दिए राजीनामा

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले दिए राजीनामा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सत्तारूढ लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक दबाबका कारण उनले उक्त निर्णय लिएको जनाइएको छ। १० डाउनिङ स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टार्मरले देशको सर्वोत्तम हितलाई ध्यानमा राख्दै पार्टी नेतृत्वबाट अलग हुने निर्णय गरेको बताएका छन्। नयाँ नेता चयन नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहनेछन्। लेबर पार्टीले आगामी जुलाई ९ देखि नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने जनाएको छ। ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा रहेको चर्चा छ। जुलाई २०२४ मा प्रधानमन्त्री बनेका स्टार्मरको लोकप्रियता पछिल्ला महिनाहरूमा लगातार घट्दै गएको थियो। उनको राजीनामासँगै बेलायतले पछिल्लो एक दशकमा सातौँ प्रधानमन्त्री पाउ...
दक्षिण कोरियामाथि मेक्सिकोको रोमाञ्चक जित

दक्षिण कोरियामाथि मेक्सिकोको रोमाञ्चक जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, समाचार
फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सम्पन्न खेलमा सहआयोजक राष्ट्र मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको छ। ग्वाडालाजारा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले गोल गर्ने केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा मेक्सिकोले निर्णायक गोल गर्दै महत्वपूर्ण तीन अंक हात पार्यो। यससँगै मेक्सिकोले प्रतियोगितामा आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ। दुवै टोलीले यसअघि खेलेका पहिलो खेलमा जित निकालेका थिए।...
खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता

खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ। उक्त भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका छन्। चिनियाँ सरकारी पत्रिका China Daily का अनुसार विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन चीन प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट क्षेत्रीय कनेक्टिभिटीको केन्द्रका रूपमा विकास गर्न चीनले निरन्तर सहयोग गर्ने उल्लेख गरे। वार्ताका क्रममा वाङले चीनले छिमेकी कूटनीतिमा नेपाललाई विशेष महत्व दिँदै आएको उल्लेख गर्दै नेपालको नयाँ सरकारले सुशासन, स्थायित्व र विकासलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले द्विपक्षीय सहयोग संयन्त्रलाई प्रभावकारी बनाउँदै चिनियाँ लगानी र व्यापार...
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, टस जितेर नेपालले गर्‍यो फिल्डिङ

एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, टस जितेर नेपालले गर्‍यो फिल्डिङ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । पुरुष एसियन गेम्स छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सिंगापुरस्थित नेशन क्रिकेट मैदानमा भइरहेको उपाधि भिडन्तमा नेपालका कप्तानले टस जित्दै हङकङलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। दुवै टोली प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका नेपाल र हङकङबीचको प्रतिस्पर्धालाई निकै महत्वपूर्ण मानिएको छ। नेपाल यसअघि नै फाइनलमा स्थान सुरक्षित गर्दै आगामी एसियन गेम्सका लागि छनोट भइसकेको छ। त्यसैले अब नेपाली टोलीको लक्ष्य उपाधि जितेर प्रतियोगिताको सुखद अन्त्य गर्ने रहेको छ। प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३...