विद्यार्थी आन्दोलनमा सुधार र अस्तित्व रक्षाको बहस, सरकारको कदमप्रति नेताहरूको प्रतिवाद
काठमाडौँ । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र आफ्नो अस्तित्व जोगाउने चुनौतीपूर्ण मोडमा प्रवेश गरेको छ। विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन र तिनका कार्यालय हटाउने सरकारको तयारीप्रति विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी नेताहरूले आपत्ति जनाएका छन्। उनीहरूले यसलाई विद्यार्थी आन्दोलनमाथिको वैचारिक प्रहार र प्रशासनिक दबाबमार्फत कमजोर पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक शैलीले काम नचल्ने बताए। संयुक्त विद्यार्थी संगठनको कार्यक्रममा बोल्दै उनले पाठ्यक्रमदेखि संगठनको कार्यशैलीसम्म समयअनुसार सुधार आवश्यक रहेको उल्लेख गरे। महरले ३५ वर्षको राजनीतिक अभ्यासको समीक्षा गर्दै युवा पुस्ताको सोच बुझ्न नसक्दा अपेक्षित परिणाम आउन नसकेको स्वीकार गरे। उनले विश्वविद्यालयबाट संगठ...















