बनेपा बजारमा ट्रिपरले स्कुटर ठक्कर, चालकको घटनास्थलमै मृत्यु, स्थानीय आक्रोश
काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिक बुधबार बिहान एउटा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको छ। मृतक पुरुषको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
मृतकलाई घटनास्थलबाट उद्धार गरी सिर मेमोरियल अस्पताल लगिएको छ। घटनाप्रति आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगो लगाएका छन्। चालक हाल फरार रहेका कारण सडकमा आवागमन रोकिएको छ र बजार क्षेत्रमा तनाव कायम छ। प्रहरी र स्थानीयबीच मिलेर परिस्थितिलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ।...















