कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढ्यो
काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।
मुख्य सडकबाट आवागमन प्रभावित भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा पछिल्लो एक सातादेखि हेटौँडा–काठमाडौँ सडकमा चाप बढेको हो।
सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना तथा ठूला सवारीसाधनका लागि काठमाडौँ–हेटौँडा आवतजावतमा छुट्टाछुट्टै रुट निर्धारण गरेको छ।
१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउँदा त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौँतर्फ जाने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तोकिएको छ। त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन भइरहेक...















