सीमामा कडाइपछि रुपन्देहीका उद्योग–व्यवसाय चलायमान
काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेसँगै रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू पुनः चलायमान हुन थालेका छन्।
घरायसी प्रयोजनको नाममा भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू भएपछि सुनौली नाका आसपासका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन्। यसअघि सामान्य किनमेलका लागि पनि भारतीय बजारतर्फ जाने प्रवृत्तिका कारण नेपाली बजार सुनसान हुनुका साथै राजस्वमा समेत गिरावट आएको थियो।
हाल पारिबाट ल्याइने सामानमा भन्सार लाग्न थालेपछि ती वस्तु महँगा पर्न गएका छन्, जसका कारण उपभोक्ताहरू स्वदेशी बजारतर्फ आकर्षित हुन थालेका छन्। यसले स्थानीय व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।
उद्योगी–व्यवसायीहरूले यस कदमलाई तस्करी नियन्त्रणतर्फ प्रभावकारी ...















