नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार कूटनीतिक तहबाट सक्रिय पहल गरिरहेको बताएका छन्।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री खनालसँग भेट गरी भारततर्फ नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो।
भेटका क्रममा टोलीले भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योग प्रभावित भएको भन्दै त्यसबाट उत्पन्न समस्याबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।
‘चिया निर्यातमा देखिएका समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग कुराकानी अघि बढिसकेको छ,’ ...















