सम्पत्ति छानबिनबारे सुधन गुरुङको प्रतिक्रिया: ‘सफाइ पाए पुनः गृहमन्त्री बनेर काममै केन्द्रित हुन्छु’
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं। पूर्व गृहमन्त्री सुधन गुरुङले सम्पत्ति छानबिन समितिबाट आफूले न्यायपूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गरेका छन्। सार्वजनिक पदमा रहँदा उठेका सबै प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको भन्दै उनले समितिसमक्ष स्पष्ट र तथ्यपरक बयान दिएको बताएका हुन्।
आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले छानबिनका क्रममा सोधिएका जटिल प्रश्नहरूको समेत सहज रूपमा उत्तर दिएको दाबी गरे। उनले समितिले आफ्नो सम्पत्तिको स्रोतबारे चासो राखेको उल्लेख गर्दै आवश्यक सबै जानकारी उपलब्ध गराएको बताए।
गुरुङले आफू निर्दोष रहेको दाबी गर्दै छानबिन प्रक्रियाले सत्य बाहिर ल्याउने विश्वास व्यक्त गरे। साथै, भविष्यमा पुनः गृहमन्त्री बन्ने अवसर पाए मन्त्रालयको कामलाई प्राथमिकतामा राखेर परिणाममुखी ढंगले अघि बढ्ने संकेत पनि दिए।
“यदि छानबिनबाट सफाइ पाएर पुनः गृहमन्त्री बन्ने अवसर मिल्यो भने सुरुवाती केही समय बधाई, स...















