समाचार

सर्वोच्चबाट इच्छामृत्यु प्राप्त गरेका हरिश राणाको एम्स अस्पतालमा निधन

सर्वोच्चबाट इच्छामृत्यु प्राप्त गरेका हरिश राणाको एम्स अस्पतालमा निधन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नयाँदिल्ली। निष्क्रिय इच्छामृत्युको अनुमति प्राप्त गर्ने भारतका पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ। ११ मार्चमा सर्वोच्च अदालतले हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो। पीटीआईका अनुसार ३१ वर्षीय हरिश सन् २०१३ देखि कोमामा थिए। उनलाई १४ मार्चमा गाजियाबादस्थित आफ्नै घरबाट एम्सको डा. बीआर अम्बेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो। हरिश पञ्जाब विश्वविद्यालयमा बीटेक अध्ययनरत विद्यार्थी थिए। सन् २०१३ मा चौथो तल्लाको बाल्कोनीबाट लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसयता उनी कोमामा थिए। उनलाई कृत्रिम पोषण र कहिलेकाहीँ अक्सिजनसमेत दिइँदै आएको थियो।...
नेपालमा टोयोटा गाडीको बिक्री उकालोमा, ६ महिनामै १८ करोडभन्दा बढी खुद नाफा

नेपालमा टोयोटा गाडीको बिक्री उकालोमा, ६ महिनामै १८ करोडभन्दा बढी खुद नाफा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
नेपालमा Toyota गाडीको बिक्री बर्सेनी बढ्दै गएको छ। नेपालका लागि टोयोटा ब्रान्डको आधिकारिक बिक्रेता United Traders Syndicate ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सो अवधिमा ३ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ। गत आर्थिक वर्ष (सन् २०२५) मा कम्पनीले ५ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२४ मा ३ अर्ब २४ करोड रुपैयाँको व्यापार भएको थियो। व्यापारमा निरन्तर वृद्धि देखिएकाले चालु वर्षमा पनि उच्च वृद्धि हुने अपेक्षा गरिएको छ। प्यासेन्जर तथा कमर्सियल दुवै प्रकारका सवारी साधनको माग बढ्दा कम्पनीको व्यापार विस्तार भएको हो। गत आर्थिक वर्षमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो। कम्पनीको कुल ऋण गत वर्ष १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ रह...
उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता

Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
  उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै, सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्ध नेपालले उच्च महत्त्व दिएको पनि बताए। उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरे। साथै नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै, दुवै देशका सरकारबीच सहकार्य ...
फिल्म ‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख मात्र

फिल्म ‘लालिमा’ को ९ दिनको व्यापार ५ लाख मात्र

Breaking News 1, Breaking News 2, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
फिल्म ‘लालिमा’ २९ फागुनमा प्रदर्शनमा आएको पहिलो फिल्म हो। एकल प्रदर्शन अवसर पाएको भए पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेको छैन। ९ दिनमा फिल्मले जम्मा ५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले गत शनिबार रातिसम्म सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार, फिल्मको कुल आम्दानी ५ लाख २९ हजार ७३८ रुपैयाँ रहेको छ। यस अवधिमा फिल्मका टिकट २ हजार ४० वटा मात्र बिक्री भएका छन्। फिल्म रोशन मिराजको निर्देशनमा बनेको हो र यसमा रोशनी कार्की, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाजस्ता कलाकारहरूले अभिनय गरेका छन्। तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित यो फिल्म फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् भने लेखक र निर्देशक रोशन मिराज आफैं हुन्।...
मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

मन्त्री छनोटका लागि रोष्टर बनाउँदै रवि–बालेन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्रीको शपथग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू सम्भावित मन्त्रीहरूको नामबारे छलफलमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटसम्बन्धी अनौपचारिक परामर्श भइरहेको एक नेताले जानकारी दिए। संसद् सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिनेछन् र उनैले सांसदहरूलाई शपथ गराउनेछन्। सांसदहरूको शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको बैठक बोलाएर नेता चयन गर्ने तयारी गरेको छ। बैठक चैत १२ मै बस्ने कि चैत १३ मा राख्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको एक नेताले बताए। रास्वपा प्रवक्ता मनिष झाले पनि दलको बैठकबारे औपचारिक निर्णय नभएको स्पष्ट पारे। उनका अनुसार अहिलेसम्म सांसदहरूको शपथग्रहणसम्बन्धी सूचना मा...
रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

रवि लामिछानेको मुद्दामा आज आदेश आउँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुसार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधनको फाइल सर्वोच्च अदालतमा पेस गरेको थियो। यसअघि, बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनका लागि दिइएको निर्देशन र त्यससँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको थियो। गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि सो विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।...
राइड सेयरिङ सवारीमाथि ट्राफिकको कडाइः १७५ चालक कारबाहीमा

राइड सेयरिङ सवारीमाथि ट्राफिकको कडाइः १७५ चालक कारबाहीमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले राइड सेयरिङ सवारी साधनमाथि विशेष चेकिङ अभियान सञ्चालन गर्दै १७५ चालकलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार उपत्यकाका विभिन्न स्थानमा उक्त अभियान सञ्चालन गरेको हो। अभियानका क्रममा नियमविपरीत सञ्चालन भइरहेका सवारी साधनमाथि निगरानी कडाइका साथ बढाइएको थियो। प्रहरीका अनुसार कारबाहीका प्रमुख कारणमा अनलाइन अनुमति नलिई अफलाइन रूपमा सवारी सञ्चालन गर्नु, जथाभावी पिक एन्ड ड्रप गर्नु तथा सवारी साधन मापदण्डअनुसार नहुनु रहेका छन्। यस्ता गतिविधिले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा नकारात्मक असर पार्ने भएकाले कडाइका साथ अनुगमन र कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सबै सवारी चालकलाई नियमअनुसार सवारी सञ्चालन गर्न, ट्राफिक नियमको पालना गर्न तथा दुर्घटना न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ। साथै, सुरक्षि...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः २१ जनाविरुद्ध मुद्दा दायर

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटन सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार स्रोतका अनुसार २१ जना व्यक्तिसहित दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। यसअघि उक्त विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पहिलो मुद्दा दर्ता गर्दा अख्तियारले राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र थप मुद्दा छिट्टै दायर गरिने जनाएको थियो। हाल मुद्दा दायर गरिएकाहरूबाट ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ।...
पाल्पामा टिपर दुर्घटना: मृतक संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना: मृतक संख्या ४ पुग्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
तानसेन, पाल्पा — पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटनामा परेको हो। झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो। यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल वि.क. र रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको उपचारका क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घाइते चार जनामध्ये तीन जनालाई ...
माइतीघर मण्डलामा जातीय विभेद उन्मूलन दिवस मनाइयो

माइतीघर मण्डलामा जातीय विभेद उन्मूलन दिवस मनाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
   ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानी माइतीघर मण्डला मा विशेष कार्यक्रम आयोजना गरिएको छ। विभिन्न दलित अधिकारकर्मी संघसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको उल्लेख्य सहभागितामा आयोजित कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको थियो। कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार ले जातीय विभेदविरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताउनुभयो। उहाँले सामाजिक न्यायप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भन्नुभयो, “म सरकारमा होस् वा नहोस्, जातीय विभेदविरुद्ध आवाज उठाउन कहिल्यै छाड्दिनँ। हाम्रो आफ्नै नेतृत्वको सरकारले यस विषयमा गल्ती गरेमा त्यसको विरुद्धमा पनि निर्धक्क भएर आवाज उठाउनेछु।”...