राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, फोटो फिचर, बागमती, लुम्बिनी, विचार, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अब राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्ने समय आएको बताएका छन् ।
टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सल्लाह–सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले भविष्यलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताए ।
मन्त्री खनालले अल्पकालीन राजनीतिक स्वार्थभन्दा दीर्घकालीन विकास योजनामा ध्यान दिन आग्रह गर्दै आगामी २०–२५ वर्षपछिको पुस्ताले समेत सम्झिने खालका काम गर्ने अवसर अहिलेको स्थानीय नेतृत्वसँग रहेको उल्लेख गरे ।
काठमाडौं क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका उनले टोखाको दक्षिणी क्षेत्र अत्यधिक बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन बाँकी रहेकाले व्यवस्थित शहरी विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती त...















