ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १५७ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ वटा सवारीसाधन, एकतर्फी सडकमा सवारी चलाउने ५४ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५३८ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।...















