समाचार

राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल

राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, फोटो फिचर, बागमती, लुम्बिनी, विचार, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अब राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्ने समय आएको बताएका छन् । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सल्लाह–सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले भविष्यलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताए । मन्त्री खनालले अल्पकालीन राजनीतिक स्वार्थभन्दा दीर्घकालीन विकास योजनामा ध्यान दिन आग्रह गर्दै आगामी २०–२५ वर्षपछिको पुस्ताले समेत सम्झिने खालका काम गर्ने अवसर अहिलेको स्थानीय नेतृत्वसँग रहेको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका उनले टोखाको दक्षिणी क्षेत्र अत्यधिक बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन बाँकी रहेकाले व्यवस्थित शहरी विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती त...
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । विश्व रनिङ समुदायको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । विश्वभर आयोजना हुने म्याराथन प्रतियोगितामध्ये उत्कृष्ट सामाजिक प्रभाव पार्ने इभेन्टलाई प्रदान गरिने यो अवार्ड निकै सम्मानित मानिन्छ । अवार्ड आगामी जुन १८ देखि २० तारिखसम्म नर्वेको ट्रम्सोमा आयोजना हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिने जनाइएको छ । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार एम्सकी उपाध्यक्ष तथा छनोट समिति संयोजक मार्था मोरालेसले पत्रमार्फत अवार्डबारे जानकारी दिँदै बधाई व्यक्त गरेकी हुन् । पत्रमा नेपालगन्ज म्याराथनले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव र दिगो विकासका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ । यसअघि यो अवार्ड इथोपिय...
काठमाडौंमा सुरु भयो एकमहिने मत्स्यनारायण मेला

काठमाडौंमा सुरु भयो एकमहिने मत्स्यनारायण मेला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । काठमाडौंको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एकमहिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पाप नाश भई पुण्य प्राप्त हुने मान्यता रहिआएको छ । यही आस्थाका कारण भक्तजनहरू मच्छेनारायण मन्दिर पुगेर दर्शन, पूजाआजा तथा विशेष धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन् । मन्दिर परिसरमा सुनको जलप लगाइएको आकर्षक गरुड प्रवेशद्वारले भक्तजनको ध्यान खिच्ने गरेको छ । साथै, माछाको मुखबाट प्रकट भएको चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेका भगवान् मत्स्यनारायणको मूर्ति यहाँको प्रमुख आकर्षणका रूपमा रहेको छ । पुराणमा वर्णन भएअनुसार भगवान् विष्णुको दश अवतारमध्ये मत्स्...
नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।...
महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले संघीय मन्त्रालयहरूमा अर्बौं रुपैयाँ बेरुजु रहेको तथ्य उजागर गरेको छ । प्रतिवेदनअनुसार ११ वटा संघीय मन्त्रालयमा कुल रु. ५२ अर्ब ८ करोड ९१ लाख बेरुजु कायम भएको देखिएको हो । प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालय मा देखिएको छ । मन्त्रालयअन्तर्गत रु. ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको उल्लेख गरिएको छ, जुन कुल बेरुजुको ७०.३६ प्रतिशत हो । आर्थिक अनुशासन, राजस्व व्यवस्थापन र बजेट कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेको मन्त्रालयमै ठूलो परिमाणमा बेरुजु देखिनुलाई गम्भीर वित्तीय कमजोरीका रूपमा हेरिएको छ । बेरुजुको आधारमा दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । मन्त्रालयमा रु. ७ अर्ब १० करोड ३३ लाख अर्थात् १३.२८ प्रतिशत बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, भूमि व्यवस्था,...
वीरगञ्ज भन्सारद्वारा १० महिनामा झण्डै दुई खर्ब राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा १० महिनामा झण्डै दुई खर्ब राजस्व संकलन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, विचार, समाचार
पर्सा । वीरगञ्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु. एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको जनाएको छ । भन्सार विभागले यस अवधिका लागि रु. दुई खर्ब २३ अर्ब १८ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको भए पनि कार्यालयले लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ । उनले पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात राजस्वको मुख्य स्रोत बनेको बताए । भन्सार विभागले चालु आर्थिक वर्षभरिका लागि वीरगञ्ज भन्सारलाई रु. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । आर्थिक वर्षका अझै दुई महिना बाँकी रहेकाले आगामी दिनमा थप राजस्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ । कार्यालयका अनुसार साउन महिनामा रु. १८ अर्...
ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

ऐलानी जग्गाबासीलाई राहत : एक वर्षभित्र लालपुर्जा वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई सरकारले ठूलो राहत दिने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय सचिवालय तथा सम्बन्धित मन्त्रालय स्रोतका अनुसार देशभरका ऐलानी जग्गाबासीलाई आगामी एक वर्षभित्रै लालपुर्जा वितरण गर्ने योजनामा सरकार अघि बढेको हो । लामो समयदेखि विस्थापनको त्रासमा जीवन बिताइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अब कानुनी रूपमा जग्गाधनी बनाउने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ । सरकारले “जग्गाबाट हटाइन्छ कि” भन्ने डरमा नबस्न आग्रह गर्दै उनीहरूको बसोबासलाई व्यवस्थित र सुरक्षित बनाउने नीति लिएको बताइएको छ । यो निर्णय कार्यान्वयनमा आएपछि देशभरका लाखौँ भूमिहीन नागरिकको वर्षौँदेखिको अन्योल अन्त्य हुने र आफ्नै नाममा लालपुर्जा पाउने सपना पूरा हुने अपेक्षा गरिएको छ ।...
जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

जेन्जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले वर्तमान सरकार जेन्जी आन्दोलनकै आधारमा गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । छलफलका क्रममा घाइते तथा सहिद परिवारले भने विगतमा भएका सहमति तथा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।...
अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । आजको खेलमार्फत नेपालका युवा खेलाडी ईशान पाण्डे ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो । आजको खेलमा कुशल भुर्तेल र सोमपाल कामी पनि टोलीमा समावेश छन् । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव तथा सोमपाल कामी रहेका छन् । नेपाल र अमेरिकाबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल भएका छन् । तीमध्ये नेपाल र अमेर...
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति निर्धारणका लागि गठन गरिएको राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयका अनुसार समितिले बिहीबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा अन्य नीतिगत दस्तावेजमा समेटिनुपर्ने राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना तथा कार्यप्रक्रिया सुधारका विषयमा अध्ययन गरी सुझाव पेश गर्न गत माघ २८ गते समिति गठन गरिएको थियो। उक्त समिति अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठन गरिएको हो। समितिका सदस्यहरूले प्रतिवेदनमा कार्यान्वयन गर्न सकिने व्यावहारिक तथा प्रभावकारी सुझाव समावेश गरिएको बताएका छन्। प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले समितिबाट प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेट्दै आवश्य...