यान्त्रिक अवस्था कमजोर रहेका १७ सवारीसाधनका चालक कारबाहीमा
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक परीक्षण गर्दा १७ वटा सवारी मापदण्डविपरीत अवस्थामा फेला परेपछि चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा केही सवारीसाधनमा ह्याण्डब्रेक बिग्रिएको, लाइट नबलेको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। यस्ता कमजोर अवस्थाका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ।
काठमाडौँ उपत्यका ट्राफ...















