पूजा महतोको सानदार ब्याटिङमा नेपालले इटालीलाई ११२ रनको लक्ष्य
काठमाडौँ । २०२६ आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत आज भएको खेलमा नेपालले इटालीलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन बनायो ।
नेपालका लागि मध्यक्रमकी भरपर्दो ब्याटर पूजा महतोले अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेलिन्। ४४ बलको सामना गर्दै उनले २ चौका र १ छक्का प्रहार गरिन्।
ओपनर विन्दु रावलले १५ रन र सम्झना खड्काले १६ रन जोड्दै राम्रो सुरुवात गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो। कप्तान इन्दु बर्मा १० रनमा आउट भइन् भने अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।
इटालीका बलरमध्ये इमिलिया बार्ट्रामले उत्कृष्ट प्रदर्शन गर्दै २.५ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन्। साथै एलेक्सिया कोन्टोपिराकिस, सेउमिनी कानान्केगे, इलेनिया सिम्स र चतुरिका महामालगेले समान १–१ विकेट लिए।...















