सर्वोच्चबाट इच्छामृत्यु प्राप्त गरेका हरिश राणाको एम्स अस्पतालमा निधन
नयाँदिल्ली। निष्क्रिय इच्छामृत्युको अनुमति प्राप्त गर्ने भारतका पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ।
११ मार्चमा सर्वोच्च अदालतले हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।
पीटीआईका अनुसार ३१ वर्षीय हरिश सन् २०१३ देखि कोमामा थिए। उनलाई १४ मार्चमा गाजियाबादस्थित आफ्नै घरबाट एम्सको डा. बीआर अम्बेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो।
हरिश पञ्जाब विश्वविद्यालयमा बीटेक अध्ययनरत विद्यार्थी थिए। सन् २०१३ मा चौथो तल्लाको बाल्कोनीबाट लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसयता उनी कोमामा थिए। उनलाई कृत्रिम पोषण र कहिलेकाहीँ अक्सिजनसमेत दिइँदै आएको थियो।...















