सीमापार तस्करी नियन्त्रणमा कडाइ गर्न सरकार–सांसद सहमति
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, शिक्षा, समाचार, सुरक्षा
काठमाडौं । काठमाडौँमा शुक्रबार गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार अपराध तथा तस्करी नियन्त्रणका उपायबारे महत्वपूर्ण छलफल भएको छ।
बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी नीति तथा कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले विशेषगरी भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन, सीमा निगरानी सुदृढीकरण तथा कृषि सामग्रीको आयात–निर्यात प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
यसैगरी सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुमा सीमित भन्सार छुट दिने स्पष्ट मापदण्ड निर्माण गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो। सांसदहरूले यस्तो व्यवस्थाले स्थानीय जनजीवन सहज बनाउने र अवैध तस्करीलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्।
छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू तत्काल...















