जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिको आधुनिकीकरण आवश्यक : राष्ट्रपति
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। यसबाट धान तथा चामलको आयात घटाई देशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ।
राष्ट्रपतिले श्रम संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै कृषि केवल जीविकोपार्जनको माध्यम नभई सम्मानित र आकर्षक व्यवसायका रूपमा विकास गर्न सबैलाई आह्वान गरेका छन्। साथै, त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, योजना र सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन्।
धान रोपाइँको महिना नेपाली कृषि संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोड...















