ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो
काठमाडौँ — ईशान बाल तथा महिला अस्पतालले विश्व बाल शल्यचिकित्सा दिवस (पेडियाट्रिक सर्जरी डे) मनाएको छ। टोखा–५ धापासीस्थित अस्पतालमा मंगलबार उक्त दिवस विविध कार्यक्रमसहित मनाइएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीका अनुसार कार्यक्रममा बाल शल्यचिकित्सासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। बालबालिकाको शल्यक्रिया गर्दा चिकित्सक अन्तर्राष्ट्रिय स्तरबारे जानकार हुनुपर्ने, अस्पताल पनि सोही स्तरको हुनुपर्ने र शल्यक्रिया अनिवार्य रूपमा बाल शल्यचिकित्सकबाटै गरिनुपर्ने विषयमा जोड दिइएको थियो।
छलफलमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो। यस्ता जनचेतनामूलक कार्यक्रमले अभिभावकलाई बालबालिकाको स्वास्थ्यसम्बन्धी निर्णय लिन सहज बनाउने कार्यकारी निर्देशक चौधरीले बताए।
वि.सं. २०५२ मा स्थापना भएको ईशान अस्पताल नेपालकै पहिलो गैरसरकारी बाल ...















