शव व्यवस्थापनका लागि रेडक्रसले उपलब्ध गराएका १,४४० झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि मृत्यु भएका तथा फेला परेका शवको संख्या ४८९ पुगेको जनाइएको छ।
शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १ हजार ४४० वटा शव प्याक गर्ने झोला उपलब्ध गराइसकेको छ। तर, शव फेला पर्ने क्रम बढ्दै गएपछि उक्त संख्या पर्याप्त नभएको भन्दै भारत सरकारबाट थप झोला सहयोगस्वरूप ल्याउने तयारी भइरहेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रेडक्रसबाट शव व्यवस्थापनका लागि आवश्यक झोला प्राप्त भइसकेको पुष्टि गर्दै आवश्यकता बढेकाले भारत सरकारसँग थप झोला माग गर्न लागिएको जानकारी दिएका छन्।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीका अनुसार शुक्रबार झापाबाट थप ४०० वटा झोला ल्याइँदैछ। ती झोला नवलपरासी, धादिङ र चितवनमा फेला परेका शवको व्यवस्थापनमा प्रयोग गरिनेछ। रेडक्रसले आफ्नो केन्द्रीय कार्यालयबाट पनि थप झोला मगाएको उनले ब...















