कोटेश्वरमा डेरावाल विद्यार्थीनीमाथि बलात्कार प्रयासको मुद्दा, घरबेटीको दाबी– “केटा नल्याउ भनेपछि झुटो आरोप लगाइन्”
काठमाडौंको कोटेश्वरमा अध्ययनका लागि डेरामा बस्दै आएकी एक युवतीमाथि घरबेटीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकील कार्यालयले कोटेश्वर निवासी ६८ वर्षीय रघुनाथ खड्का विरुद्ध ‘जबरजस्ती करणीको उद्योग’ गरेको आरोपमा मुद्दा दायर गरेको हो।
अदालतमा दायर अभियोगपत्रमा पीडित युवतीले आफूमाथि भएको दुर्व्यवहारको विस्तृत विवरण दिएकी छन्। तर, आरोपी घरबेटी खड्काले भने आफू निर्दोष रहेको दाबी गर्दै घटना भएको समयमा आफू त्यहाँ नभएको बयान दिएका छन्।
कपडा सुकाउन जाँदा बाटो छेकेको आरोप
पीडित युवती विगत करिब डेढ वर्षदेखि रघुनाथ खड्काको घरको दोस्रो तलामा भाडामा बस्दै आएकी थिइन्। अभियोगपत्रअनुसार घटना २०८२ साल फागुन १४ गते दिउँसो करिब ४ बजेतिर भएको हो।
युवतीका अनुसार उनले कपडा धोएर कौशीमा सुकाएकी थिइन्। पानी पर्न थालेपछि कपडा लिन जाँदा घरबेटीले ...















