सुधन गुरुङको सम्पत्तिको स्रोत वैध ठहर, दीपक भट्टसँग आर्थिक सम्बन्ध नदेखिएको निष्कर्ष
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र सेयर लगानीबारे सार्वजनिक रूपमा उठेका प्रश्नहरूको छानबिन गर्न सरकारले गठन गरेको समितिले उनको सम्पत्तिको स्रोत वैध रहेको निष्कर्ष निकालेको छ। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष बुझाउँदै गुरुङको चल-अचल सम्पत्ति, सेयर लगानी, बैंक मौज्दात, ऋण तथा रेमिट्यान्सलगायतका सबै आर्थिक गतिविधिको स्रोत पुष्टि भएको जनाएको छ।
समितिको प्रतिवेदनअनुसार गुरुङसँग रहेको सम्पत्तिको आर्जन प्रक्रिया अस्वाभाविक नदेखिएको र सार्वजनिक रूपमा आरोप लगाइएझैँ विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष आर्थिक कारोबार वा सम्बन्ध पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन।
छानबिनका क्रममा गुरुङसँग जोडिएका विभिन्न सम्पत्ति, सेयर लगानी, बैंक विवरण तथा ‘हामी नेपाल’ नामक संस्थासँग सम्बन्धित आर्थिक गतिविधिहरू समेत अध्ययन गरिएको थियो। प्रतिवेदनमा...















