प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग प्राप्त भएको हो।
नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाबाट कोषमा सहयोग आउने क्रम तीव्र भएको हो।
सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट रकम ग्रहण गरिरहेका छन् भने व्यक्तिगत सहयो...















