Upper Trishuli–1 जलविद्युत आयोजना: ८२ प्रतिशत काम सम्पन्न, “वेयर गेट” जडान र परीक्षण सफल
काठमाडौं । निर्माणाधीन २१६ मेगावाट क्षमताको Upper Trishuli-1 Hydropower Project मा महत्वपूर्ण संरचना अन्तर्गत एक “वेयर गेट” को जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाका अनुसार तीन वटा वेयर गेटमध्ये एकको जडान र परीक्षण सञ्चालन पूरा भएसँगै समग्र निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।
आयोजना अन्तर्गतको हाइड्रो–मेकानिकल संरचनामार्फत नदीको पानीको बहाव नियन्त्रण गर्ने, सुरुङमार्फत विद्युत उत्पादनका लागि पानी मोड्ने, जलाशयको पानीस्तर व्यवस्थापन गर्ने तथा बढी पानी सुरक्षित रूपमा नदीमा निष्काशन गर्ने काम गरिन्छ।
निर्माण पक्षले गेट जडान तथा परीक्षण कार्य प्राविधिक मापदण्डअनुसार सम्पन्न भएको जनाएको छ। यस क्रममा गुणस्तर, सुरक्षा र वातावरणीय मापदण्डलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।
कार्यक्रमको अवसरमा रासुवा क्षेत्रका संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सहसचिव स...















