बागमती

आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, मनोरञ्जन, समाचार
आज देशभर हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। एकापसमा रङ र लोला खेली उल्लासपूर्वक मनाइने यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेर आउने फागु पर्व मनाउने परम्परा प्राचीनकालदेखि चलिआएको छ। फागु पर्वका अवसरमा परम्परादेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने चलन छ। यस वर्ष पनि तराईका जिल्लाहरूमा मङ्गलबार होली मनाइँदैछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ। होलीको अवसरमा काठमाडौँको वसन्तपुर क्षेत्रमा विशेष रौनक देखिन्छ। त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताकाहरू औषधीय गुण हुने विश्वासका साथ लिने गरिन्छ भने चिरको खरानी टीकाका रूपमा लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहिआएको छ। फा...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
आज अपराह्नदेखि सुरु भएको उक्त बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय भइरहेको छ। साथै, समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा पनि विस्तृत विचार–विमर्श भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। आसन्न निर्वाचनलगायतका विषयमा समेत छलफल हुने जानकारी दिइएको छ।...
आमहड्ताल आह्वान गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

आमहड्ताल आह्वान गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
विवादित मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक Durga Prasai पुनः पक्राउ परेका छन्। आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले आइतबारदेखि आमहड्तालको आह्वान गर्दै फेसबुकमा भिडियो सार्वजनिक गरेको आरोपमा उनलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुका अनुसार प्रसाईंलाई बिहान ८ बजे भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको हो। “सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” उनले जानकारी दिए। प्रसाईंले शनिबार फेसबुकमार्फत चुनाव अवधिभर आमहड्ताल गर्ने घोषणा गर्दै आगजनी र तोडफोडका घटना हुन सक्ने अभिव्यक्ति दिएका थिए। हाल उनलाई प्रहरी परिसर भक्तपुरमा राखेर अनुसन्धान भइरहेको छ। यसअघि ४ फागुनमा पक्राउ परेका प्रसाईं १३ फागुनमा रिहा भएका थिए। Supreme Cou...
ट्रम्पको सनसनीपूर्ण दाबी : इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दावी

ट्रम्पको सनसनीपूर्ण दाबी : इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दावी

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, बागमती, समाचार
अमेरिकाका पूर्वराष्ट्रपति Donald Trump ले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ। ट्रम्पले एक सार्वजनिक अभिव्यक्तिमार्फत उक्त दाबी गरेका हुन्। यद्यपि, इरानी पक्षबाट यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। इरान सरकार र सम्बन्धित निकायहरूले हालसम्म यस्तो घटनाबारे स्पष्ट प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। विश्लेषकहरूका अनुसार यस्ता अभिव्यक्तिले मध्यपूर्व क्षेत्रमा तनाव थप बढाउन सक्छ। पछिल्लो समय अमेरिका–इरान सम्बन्ध पहिले नै चिसिएको अवस्थामा रहेको छ। यस्तो संवेदनशील विषयमा पुष्टि नभएको जानकारी सार्वजनिक हुँदा कूटनीतिक असर पर्न सक्ने आकलन गरिएको छ। यस विषयमा आधिकारिक पुष्टि र विश्वसनीय स्रोतबाट थप जानकारी आउन बाँकी रहेको छ।...
जनकपुरमा बीबीसी डकुमेन्ट्री प्रसारण गर्दै हिँडेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

जनकपुरमा बीबीसी डकुमेन्ट्री प्रसारण गर्दै हिँडेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
१६ फागुन, काठमाडौं। गत भदौमा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी BBC ले निर्माण गरेको डकुमेन्ट्री जनकपुरमा सार्वजनिक रूपमा प्रदर्शन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता गाडीसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतीय नम्बर प्लेट BR 01 G 01467 भएको सवारीसाधनमा प्रोजेक्टर जडान गरी जनकपुरस्थित रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको अवस्थामा प्रहरीले विकास जयसवाललाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार घटनास्थलमा रहेका थप दुई सवारीसाधन भने फरार भएका छन्। धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले ती गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रदर्शनका लागि ल्याइएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
Deepshikha High School को ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Deepshikha High School को ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
Deepshikha High School को ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा, अनुशासन र उत्कृष्ट उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड तथा मेडल वितरण गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. हेमन्त श्रेष्ठ, अध्यक्ष रमेश पाण्डे, विशेष प्रमुख अतिथि सुदर्शन थापा, वरिष्ठ उपाध्यक्ष (काठमाडौं प्यावसन), विशेष अतिथि शम्भु प्रसाद फुयाल, वडा नं. ५ का अध्यक्ष गोपाल बुढाथोकी तथा तारकेश्वर प्यावसनका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। विद्यालयका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम अझै उल्लासमय बनेको थियो। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अवार्ड र मेडलसहित सम्मान गरिएको थियो। सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा विद्...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति द्वारा निर्धारण गरिएको आजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति द्वारा निर्धारण गरिएको आजको थोक मूल्य

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँस्थित कालीमाटी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। तरकारीतर्फ गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३५, गोलभेँडा सानो (भारतीय) रु ३५, गोलभेँडा सानो (तराई) रु ४० कायम गरिएको छ। आलु रातो र आलु रातो (भारतीय) दुवै प्रतिकिलो रु २५ तथा प्याज सुकेको (भारतीय) रु ३८ तोकिएको छ। गाजर (लोकल) रु ६०, गाजर (तराई) रु ४०, बन्दा (लोकल) रु ४५, बन्दा (नरिवल) रु ३५, काउली स्थानीय रु ४०, काउली स्थानीय (ज्यापू) रु ६०, काउली तराई रु ४० निर्धारण गरिएको छ। रातो मूला रु ४०, सेतो मूला (लोकल) रु १५, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ८० र भन्टा डल्लो रु ८५ कायम भएको छ। मटरकोसा रु ५०, घिउ सिमी (लोकल/हाइब्रिड) रु ६०, घिउ सिमी (राजमा) रु १००, टाटे सिमी रु ८० तोकिएको छ। तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७०, फर्सी पाकेको ...
नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार
१५ फागुन, काठमाडौं।नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो। बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे। बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए। यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे। पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बा...
काठमाडौँ क्षेत्र नं. ६ का नेकपा एमाले उम्मेदवार अमन मास्के टोखामा घरदैलो अभियानमा सक्रिय

काठमाडौँ क्षेत्र नं. ६ का नेकपा एमाले उम्मेदवार अमन मास्के टोखामा घरदैलो अभियानमा सक्रिय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमन मास्के आज बिहानैदेखि टोखा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानमा सक्रिय रहनुभएको छ। उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुका साथै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराइरहनुभएको छ। घरदैलो कार्यक्रमका क्रममा मास्केले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै युवाका लागि रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। स्थानीयवासीले विकास निर्माणको गति बढाउन, पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्। सो अवसरमा मास्केले जनताको विश्वासलाई बलियो आधार बनाएर क्षेत्रको समग्र विका...
निर्वाचन आयोगमा ४३ दलले मात्र बुझाए घोषणापत्र

निर्वाचन आयोगमा ४३ दलले मात्र बुझाए घोषणापत्र

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
शुक्रबारसम्म निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्रै आफ्नो चुनावी घोषणापत्र पेश गरेका छन्। आयोगको राजनीतिक दल शाखाका अनुसार ५६ वटा निर्वाचन चिन्हअन्तर्गत ६१ दलका उम्मेदवार प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छन्। आयोगले दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन र त्यसपछि फागुन ४ देखि १८ गतेसम्म प्रचार–प्रसार गर्न समयसीमा निर्धारण गरेको थियो। तर आचारसंहितामा दल तथा उम्मेदवारले अनिवार्य रूपमा घोषणापत्र बुझाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नगर्ने प्रवृत्ति निरन्तर दोहोरिँदै आएको छ।...