रामेछाप बस दुर्घटना अपडेट
Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
रामेछाप मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ मध्ये १० जनाको सनाखत गरिएको छ।
मृतकको नामसहितको विवरण यस प्रकार छ:
लिखु तामाकोशी–७: भीमबहादुर तामाङ (३८), सानुमाया तामाङ (३५), रमिता तामाङ (२६), तारा तामाङ (३१)
लिखु तामाकोशी–४: बबी तामाङ (२२), दीपेन्द्र बस्नेत (२६)
लिखु तामाकोशी–६: दीपेश बस्नेत, मानकुमारी बरुवाल (४५)
सिन्धुली गोलन्जोर–६: शिव श्रेष्ठ (३४)
दोलखा भीमेश्वर–८: मानबहादुर तामाङ (६०)
मृतक दुई जनाको सनाखत अझै बाँकी छ।
प्रहरीका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरू खुर्कोट शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचाररत छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ र बाँकी यात्रुको खोजतलाश जारी छ।
दुर्घटना भएको बस अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको, काठमाडौँ–ओखलढुङ्गा मार्गको मसानटार, मन्थली...















