सिक्किममा जगदगुरु शिव शक्ति बाबाको दिव्य आशीर्वाद कार्यक्रम भव्य रूपमा सम्पन्न
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
जगद्गुरु शिव शक्ति बाबाको दुईदिने आशिर्वाद कार्यक्रम सिक्किममा भव्य र श्रद्धापूर्वक सम्पन्न भएको छ। असार २७ र २८ गते सम्पन्न उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व (VIP), SHO Police, सरकारी कर्मचारी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारण भक्तजन सहभागी भई जगद्गुरु शिव शक्ति बाबाको दर्शन तथा आशीर्वाद प्राप्त गरेका थिए। कार्यक्रमस्थलमा बिहानदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको थियो।
यस विशेष आध्यात्मिक कार्यक्रमको व्यवस्थापन तथा समन्वय अन्तर्राष्ट्रिय कथा वाचक रोहित राज महाराजको विशेष पहल र नेतृत्वमा गरिएको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन स्वयंसेवकहरूको टोलीले समेत सक्रिय भूमिका निर्वाह गरेको थियो।
हजारौँ भक्तजनको उपस्थितिका बाबजुद कार्यक्रम अत्यन्त अनुशासित, शान्तिपूर्ण र व्यवस्थित रूपमा ...















