बागमती

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको दुर्घटनाको उदाहरण दिँदै सडक सुरक्षाको चुनौतीबारे चर्चा गरिन् । सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा धेरै बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यस्ता सवारीसाधनको अवस्था प्रायः जीर्ण हुने, टायर खिइएका हुने तथा ब्रेकसमेत प्रभावकारी नहुने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको बताइन् । विशेषगरी बिहानको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने तथा भित्री सडकमा सञ्चालन हुने हेभी लोड सवारीसाधनमा यस्तो समस्या बढी देखिएको उनको भनाइ थियो । उनले भनिन्, “३० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको स्थानमा समेत भारी सामान बोकेका सवारी ८० किलोमिटर प्रतिघ...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएपछि अवैध आयात र तस्करीका गतिविधि सहायक नाकाबाट बढ्न थालेका छन् । जमुनाहास्थित मुख्य नाकामा तालिम प्राप्त कुकुरसहित चेकजाँच कडाइ गरिएको कारण तस्करहरूले वैकल्पिक साइड नाकाहरू प्रयोग गर्न थालेको पाइएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रबाट भन्सार छलेर भित्र्याइएका करिब ११ लाख ११ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार बरामद सामानमा मोबाइलका पार्टपुर्जा, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक सामान तथा सुर्तिजन्य पदार्थ रहेका छन् । उहाँका अनुसार मुख्य नाकामा कडाइ भएपछि अवैध आयात नियन्त्रणमा उल्लेख्य प्रगति...
प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच सिंहदरबारमा ४ घण्टा बजेटबारे छलफल

प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच सिंहदरबारमा ४ घण्टा बजेटबारे छलफल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकताबारे प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सिंहदरबारमा विस्तृत छलफल भएको छ। मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफल करिब चार घण्टाभन्दा बढी समय चलेको हो। छलफलमा आगामी बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेर गहन संवाद भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाह दिनभर विभिन्न राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपछि अर्थमन्त्री र रास्वपा सभापतिसँग बजेट केन्द्रित छलफलमा सहभागी भएका हुन्। बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले उक्त भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। अर्थमन्त्री वा...
बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम, सुरक्षा, स्वस्थ्य
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् । कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा भएको आक्रमणमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन् । प्रहरीका अनुसार साँझ करिब ७ः३० बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको थियो । चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रीमती र बालक छोराको टाउको, अनुहा...
समयमा काम नसक्ने ११ निर्माण कम्पनी कालोसूचीमा

समयमा काम नसक्ने ११ निर्माण कम्पनी कालोसूचीमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमा सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) अनुसार कालोसूचीमा समावेश गरिएको जनाएको हो । सूचनाअनुसार जिम्मा लिएको आयोजना तोकिएको समयमै पूरा नगर्ने कम्पनीमाथि कारबाही गरिएको हो । कालोसूचीमा परेका कम्पनीमध्ये राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा संलग्न रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड पनि रहेका छन् । एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएका ती कम्पनीले उक्त अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ ।...
३० देशका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सन्तुलित विदेश नीति र आर्थिक सहकार्यमा जोड

३० देशका राजदूतसँग प्रधानमन्त्री बालेनको भेट, सन्तुलित विदेश नीति र आर्थिक सहकार्यमा जोड

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालले सन्तुलित, व्यावहारिक र राष्ट्रिय हितअनुकूल विदेश नीतिलाई निरन्तरता दिने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटवार्ताका क्रममा उनले काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) र सदस्य राष्ट्रका राजदूतहरूसहित ३० देशका कूटनीतिक प्रतिनिधिलाई यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री शाहले नेपालका छिमेकी मुलुक, विकास साझेदार तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा अघि बढिरहेको स्पष्ट पारे । उनले नेपालको विकास, समृद्धि र स्थायित्वका लागि सहयोग पुर्‍याउँदै आएका सबै मित्र राष्ट्रप्रति आभारसमेत व्यक्त गरे । उनले व्यापार, लगानी, हरित ऊर्जा, पर्यटन, जलवायु परिवर्तन तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप विस्...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि बैठक प्रभावित बनेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य तथा विशेष समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएर कार्यसूची अगाडि बढाउने प्रयास गर्नुभएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल जारी रहँदा पनि विपक्षी दलको नाराबाजी रोकिएन । छलफलमा सांसदहरू अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेल ले धारणा राखिरहेका बेला पनि संसद्‌मा होहल्ला जारी रहेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका ल...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक्षी दललाई होच्याउने शैलीमा बोलेको भन्दै विपक्षी सांसदहरूले संसद्‌मा चर्को विरोध जनाएका हुन्। विपक्षी दलको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल अघि बढाउने प्रयास गरेका थिए। तर, सदनमा लगातार होहल्ला भएपछि उनले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठकका क्रममा सांसद खरेलले विपक्षीको विरोधलाई “तमासा” को संज्ञा दिएका थिए। साथै विपक्षी दलकै व्यवहारका कारण सरकारले अध्यादेश ल्याउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेपछि कांग्रेस–एमाले लगायतका विपक्षी सांसद आक्रोशित बनेका थिए। विरोधका क्रममा कांग्रेस सांसद नरेन्द्र केरूङ रोष्ट्रमतर्फ जान खोजेका थिए। त्यसक्रममा प्रमुख सचेतक वासना थापाले उनलाई फर्काएर आफ्नै सीटमा बस्न आग्रह गरे...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक आरोहण गरेसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी हुन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङसहित विभिन्न व्यक्तिहरूले भव्य स्वागत गरेका थिए । कार्यक्रममा Laxmi Sunrise Bank, CG Holdings र Shivam Cement लगायतका संस्थाहरूको उपस्थिति रहेको थियो । पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले सगरमाथा आरोहणलाई आफ्नो जीवनको ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा पहिचान बनाउन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । “मैले हाम्रो सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन सफल भएकी छु। यसले हाम्रो समुदायक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य रूपमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताएका छन्। मोरङ क्षेत्र नम्बर–१ का सांसद न्यौपानेले संसद्मा बोल्दै अदालतले सात वर्षअघि नै यस्तो व्यवस्था गर्न आदेश दिएको भए पनि सरकारले हालसम्म कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले निर्दोष व्यक्तिले बिना कारण लामो समय जेल जीवन बिताउँदा मानसिक, सामाजिक र आर्थिक रूपमा गम्भीर असर पर्ने उल्लेख गर्दै राज्यले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने धारणा राखे।...