बागमती

सर्लाहीमा भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक पक्राउ

सर्लाहीमा भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक पक्राउ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
Sarlahi District मा भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन्। प्रहरीले बरहथवा नगरपालिका–१२ लौकट गाउँबाट बागमती नगरपालिका–२ सुकुम्बासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलानलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घलान तीन/चार जनाको समूहमा बन्दुक बोकेर हिँडिरहेका अवस्थामा फेला परेका थिए। प्रहरीलाई देख्नासाथ समूहका अन्य व्यक्ति फरार भए पनि घलान पक्राउ परेका हुन्। उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, प्लास्टिक र स्टिलका डब्बामा राखिएको कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने ८० वटा फलामका बल तथा फलामको रडका टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी Sarlahi District Court बाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको छ।...
बर्दिबासमा तनाव : वन कार्यालयको गाडीमा आगजनी, सडक अवरुद्ध

बर्दिबासमा तनाव : वन कार्यालयको गाडीमा आगजनी, सडक अवरुद्ध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, विचार, समाचार
बर्दिबास । महोत्तरीको बर्दिबास क्षेत्रमा वन अतिक्रमण हटाउने विषयलाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीय बासिन्दाले डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको वन कार्यालयको टोलीमाथि स्थानीयले विरोध जनाउँदै घेराउ गरेका थिए । त्यसक्रममा वन कार्यालयको गाडीमा आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी अजयकुमार मिश्रका अनुसार गए राति करिब १२ बजेतिर घटना भएको हो । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई नियन्त्रणमा लिन खोजेपछि सुरक्षाकर्मी परिचालन गरी उनीहरुको उद्धार गरिएको थियो । राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको भन्दै खाली गराउने प्रक्रिया अघि बढाइएको थियो । सोही विषयलाई लिएर स्थानीयवासी आक्रोशित बनेका हुन् । घट...

प्रतिनिधिसभाको बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी संशोधन प्रस्तावसम्म छलफल हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । त्यसैगरी, बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेय को संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आदेशमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी गर्ने क्रममा कानुनले तोकेको विधि र प्रक्रिया पूर्ण रूपमा पालना नभएको उल्लेख गरिएको छ । सर्वोच्चले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया नअपनाई पक्राउ अनुमति माग्ने र प्रदान गर्ने कार्य भएको देखिएकाले तत्काल पक्राउ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।...
दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश

दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान सम्पन्न, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध गरिएको अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत का अनुसार सोमबार उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो । प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटल बाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिमार्फत महिलामाथि अपमानजनक टिप्पणी गरेको, सेना र प्रहरीजस्ता राज्यका निकायबारे विवादास्पद अभिव्यक्ति दिएको तथा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क सम्पाङ लगायतबारे विभिन्न दाबी गरेको उल्लेख गरिएको छ ...
सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति

सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा आयोजित ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए। उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा हटाइए त्यसको विरोधमा कडा आन्दोलन गर्नुपर्ने अवस्था आउने समेत बताए। उनले भने, “अहिले सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने चर्चा चलिरहेको छ। यदि यो हटाइयो भने कस्तो आन्दोलन गर्ने भन्ने अर्को चिन्ता थपिनेछ।” विजयप्रसाद मिश्र ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीले रुचाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने अभ्य...
म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप हस्तान्तरण

म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप हस्तान्तरण

Breaking News 1, Breaking News 2, आजको विशेष, कला/साहित्य, ताजा अपडेट, बागमती, समाचार
म्याग्दी । बेनी नगरपालिका–१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामग्री बनाउने सीप सिकाइएको छ। विद्यालयका सहायक प्रधानाध्यापक विजय सुवेदी का अनुसार परम्परागत तथा मौलिक सीपको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले डोको, डालो, नाम्लो र स्याखु बनाउने तालिम सञ्चालन गरिएको हो। बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीलाई एक महिनासम्म तालिम दिइएको थियो। तालिममा २० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। स्थानीय सीपि मानबहादुर परियार ले विद्यालय समयबाहिर दैनिक एक घण्टा विद्यार्थीलाई चोया बुन्ने तथा विभिन्न सामग्री निर्माण गर्ने सीप सिकाएका थिए। तालिममा विद्यार्थीलाई निगालो र बाँसको चोयाबाट डोको, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बनाउन सिकाइएको विद्यालयले जनाएको छ। पुरानो पु...
संविधान संशोधन कार्यदलको ५४ बुँदे प्रस्ताव सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म

संविधान संशोधन कार्यदलको ५४ बुँदे प्रस्ताव सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । संविधान संशोधन बहसपत्र निर्माणका लागि गठित कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, न्यायाधीशको पुनर्नियुक्तिलगायत ५४ बुँदे प्रस्ताव तयार गरेको छ। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, प्रदेश संरचना, स्थानीय तह, न्यायपालिका, संवैधानिक निकाय तथा विविध विषय समेटेर प्रारम्भिक प्रस्ताव सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव संकलन गरिरहेको जनाएको छ। प्रस्तावअनुसार शासकीय स्वरूपसँग सम्बन्धित ७, निर्वाचन प्रणालीका ८, संघीयतासम्बन्धी २, प्रदेशसँग सम्बन्धित ८, स्थानीय तहका ३, न्यायपालिकाका ११, संवैधानिक निकायसम्बन्धी ६ तथा अन्य विविध विषयअन्तर्गत ९ वटा प्रस्ताव अघि सारिएका छन्। संविधान संशोधन बहसपत्र तयारी कार्यदल २०८२ का संयोजक असिम शाह ले संविधान संशोधनबारे व्यापक बहस र छलफलका लागि आधार तयार गर्न विभिन्न विषय समेटिएको...
टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न

टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
टोखा बक्सिङ क्लब को आयोजनामा सम्पन्न U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको फाइनल खेल टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण तथा भव्य वातावरणबीच सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा बक्सिङ खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । खेलमा विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, अवार्डसँगै नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो । आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा बक्सिङ खेलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै नेपाल बक्सिङ महासंघ ले यस्ता...
पेट्रोलियम पदार्थको करविरुद्ध चितवनमा अनौठो प्रदर्शन

पेट्रोलियम पदार्थको करविरुद्ध चितवनमा अनौठो प्रदर्शन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गर्न माग गर्दै चितवनमा युवाहरूले फरक शैलीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल आयल निगमद्वारा पटक–पटक गरिएको इन्धन मूल्यवृद्धिको विरोधमा जेनजी अभियन्ता मिराज ढुङ्गाना को नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्‍याउँदै विरोध र्‍याली निकालेको हो । ‘पेट्रोलियम पदार्थमा ६ कर माफी अभियान’ अन्तर्गत आयोजना गरिएको र्‍याली चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले “गरी खान देऊ” र “महँगीको मारमा सुशासन फरार” लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए । आन्दोलनकारीहरूले बढ्दो महँगीका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न शीर्षकका ६ प्रकारका कर तत्काल हटाउन वा घटाउन सरकारसँग माग गरेका छन् । माग सम्बोधन नभए आन्दोलनलाई अझ...