बागमती

पर्सा क्षेत्र नं.२मा अशोक कुमार टेमानीको भब्य घरदैलो अभियान

पर्सा क्षेत्र नं.२मा अशोक कुमार टेमानीको भब्य घरदैलो अभियान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
रामजी यादव पर्सा, फागुन १३ – पर्सा क्षेत्र नं.२बाट जनता समाजबादी पार्टी नेपालका उम्मेदवार अशोक कुमार टेमानीलाई बिन्दवासनीका जनताले भब्य स्वागत गरेका छन्। उहाँले आफ्नो चुनावी घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राख्दै जनता भेटघाट र प्रत्यक्ष संवादमार्फत जनताको दु:ख–सुख, समस्या र आवश्यकता बुझ्नुभएको छ। टेमानीले जनताको समस्या आफ्नो समस्या भएको बताउँदै अभियानलाई तीव्र बनाएको जानकारी दिनुभयो। उहाँले युवापुस्तासँग माया आदानप्रदान गर्दै वृद्धजन तथा ज्येष्ठ नागरिकबाट आशीर्वाद लिएका छन् र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। घरदैलो कार्यक्रममा जसपा नेपाल क्षेत्र नं.२का केन्द्रीय सदस्य करिमा बेगम, केन्द्रीय रेखा साह, वडानं.१९ बिन्दवासनीका पूर्व वडाध्यक्ष संतोष तिवारी, युवा नेता प्रमोद यादव, केदार गुप्ता, शिक्षक प्रभु यादव, मनोज यादव लगा...
टेकुस्थित होटलबाट एक जनाको सकुशल उद्धार

टेकुस्थित होटलबाट एक जनाको सकुशल उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुस्थित एक होटलमा बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार गरेको छ। महानगरपालिका–१२ मा रहेको होटलमा बन्धक बनाई कुटपिट गरिएका पूर्णबहादुर बोहरालाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मुक्त गराएको हो। घटनामा संलग्न रहेको आरोपमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिवबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना सुरु गरिने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्जका कर्मचारीसमेत खटिनुपर्ने भएकाले गणना निर्वाचनपछि गर्ने निर्णय गरिएको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स क्षेत्रमा दुई गुणा दुई किलोमिटरका २६० ग्रिड निर्धारण गरी प्रत्येक सम्भावित क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ। क्यामेरा शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा राखिने जनाइएको छ। सन् २०२२ को गणनाअनुसार उक्त क्षेत्रमा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा आहारा प्रजातिको घनत्व उच्च भएकाले बाघको संख्या वृद्धि भएको संरक्षण अधिकृतहरूले बताएका छन्।...
निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
निर्वाचनमा मतदाताको अधिकतम सहभागिता सुनिश्चित गर्न सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। आयोगले मतदानस्थल टाढा रहेका मतदातालाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले बिदा दिन आग्रह गरेको थियो। बैठकले राजनीतिक दल, उम्मेदवार र समर्थकलाई शान्तिपूर्ण प्रचार–प्रसार गर्न, आचारसंहिता कडाइका साथ पालना गर्न तथा मतदाताको स्वतन्त्र निर्णयको सम्मान गर्न आह्वान गरेको छ। निर्वाचन अवधिभर सुरक्षा निगरानी, गस्ती र सूचना संकलनलाई तीव्र पारिने जनाउँदै आवश्यक परे आकस्मिक सुरक्षा बैठक बस्ने सहमति समेत भएको छ।...
गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाख ९९ हजार मतपत्र प्राप्त भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सूचना अधिकारी हर्क श्रीसका अनुसार मतपत्र नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। निर्वाचन क्षेत्र नम्बर–१ मा दुई लाख ६९ हजार (प्रत्यक्ष १ लाख ३१ हजार, समानुपातिक १ लाख ३८ हजार) र क्षेत्र नम्बर–२ मा दुई लाख ३० हजार (प्रत्यक्ष १ लाख १५ हजार, समानुपातिक १ लाख १५ हजार) मतपत्र प्राप्त भएका छन्। जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्, जसमा महिला १ लाख १५ हजार २१०, पुरुष १ लाख १४ हजार ३३७ र अन्य दुई जना छन्। ...
फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने

फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने कार्य तीव्र पारिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म ७० जिल्लामा मतपत्र पुगिसकेको छ भने बाँकी जिल्लामा पनि भोलि साँझसम्म पुर्‍याइनेछ। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका मतपत्रको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। ढुवानीका क्रममा पनि सेनाले नै स्कर्टिङ गर्दै आएको छ। उपत्यकानजिकका केही जिल्ला र तराईका तीन जिल्लामा मतपत्र पुग्न बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भने अधिकांश जिल्लामा पठाइसकिएको छ। ती सामग्रीको ढुवानीमा सशस्त्र प्रहरी बल नेपालले स्कर्टिङ गरिरहेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार ७७ वटै जिल्लामा सामग्री पुग्ने क्रममा छ। उच्च हिम...
जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ। Ministry of Forests and Environmentले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ बमोजिम उक्त निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर क्षति पुर्‍याउने (सानो जातको बँदेल बाहेक) जंगली बँदेललाई बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन्। तर यो व्यवस्था निश्चित सर्तसहित लागू गरिएको छ। बँदेलले वास्तविक रूपमा बालीनाली वा धनजनमा क्षति पुर्‍याएको अवस्थामा मात्र किसानले व्यक्तिगत वा सामूहिक रूपमा नियन्त्रण गर्न पाउनेछन्। यदि बँदेल जिउँदै समातिएमा नजिकको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, घटनाबारे सम्बन्धित...
सरकारले घरजग्गा कारोबारमा इजाजतपत्र प्रणाली कडाइ गर्दै

सरकारले घरजग्गा कारोबारमा इजाजतपत्र प्रणाली कडाइ गर्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन इजाजतपत्र प्रणालीलाई कडाइ गरेको छ। सार्वजनिक सूचनामा अबदेखि वैध अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनीले मात्रै घरजग्गा किनबेच, दलाली तथा मध्यस्थता गर्न पाउने स्पष्ट गरिएको छ। इजाजतपत्र नलिई कारोबार सञ्चालन, विज्ञापन वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने काम गैरकानुनी हुने र त्यस्ता व्यक्तिहरू वा संस्थामाथि कानुन अनुसार जरिवाना, दण्ड तथा अन्य कारबाही गरिने चेतावनी दिइएको छ। विभागका अनुसार पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली र कागजात दुरुपयोगजस्ता घटनाहरू बढेका छन्। यसलाई नियन्त्रण गर्न तथा सेवाग्राहीको हित संरक्षण गर्न इजाजतपत्र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। सूचनामा सेवाग्राहीला...
धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
धादिङमा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरम...
तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

तारकेश्वर नगरपालिका–१०, मनमैजुमा चितुवा आतंक, तीन घाइते

Breaking News 1, Breaking News 2, बागमती, समाचार
काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित नसाल चोक नजिक आज दिउँसो चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। घटनापछि वडा नं. १० का जनप्रतिनिधि विक्रम महर्जन, हातिसार वन डिभिजन कार्यालयबाट खटिएको प्राविधिक टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको समन्वयमा चितुवालाई साँझ करिब ५:२० बजे नियन्त्रणमा लिई उद्धार गरिएको हो। उद्धार गरिएको चितुवालाई आवश्यक प्रक्रिया पूरा गरी हातिसार वन डिभिजन कार्यालय लगिएको जानकारी दिइएको छ। घटनापछि क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।...