टोखा–११ को ल्याब पुनःसञ्चालन: स्थानीय बासिन्दामा खुसीको लहर
टोखा नगरपालिका वडा नं. ११ अन्तर्गत रहेको ल्याब प्रयोगशाला, हालै (Gen Z) आन्दोलनको क्रममा क्षतिग्रस्त भएपछि ठप्प परेको थियो। तर वडा अध्यक्ष घनश्याम खड्का ज्युको नेतृत्वमा गरिएको समीक्षा तथा जाँचपछि ल्याब पुनः सञ्चालनमा आएको छ। यस पुनः सञ्चालनले स्थानीय स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
पुनः सञ्चालन भएको ल्याब हरेक दिन बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म सेवा उपलब्ध गराउने छ। साथै, महिनामा दुई दिन विशेष रूपमा सुगर (मधुमेह) रोगीहरूको उपचारका लागि बिहान ८:०० बजे देखि विशेष सेवा प्रदान गरिने जानकारी प्राप्त भएको छ।
टोखा–११ ले लामो समयदेखि विभिन्न रोगहरूको उपचार गर्दै आएको इतिहास छ। यस कार्यलाई निरन्तरता दिँदै ल्याबको पुनःसञ्चालनले स्थानीय बासिन्दामा खुसी र आशा जगाएको छ। स्वास्थ्य सेवा सुविधा पुनः खुलेको समाचार सुनेर टोखा बासिन्दाहरू उत्साहि...















