बागमती

रामेछाप बस दुर्घटना अपडेट

रामेछाप बस दुर्घटना अपडेट

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
रामेछाप मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ मध्ये १० जनाको सनाखत गरिएको छ। मृतकको नामसहितको विवरण यस प्रकार छ: लिखु तामाकोशी–७: भीमबहादुर तामाङ (३८), सानुमाया तामाङ (३५), रमिता तामाङ (२६), तारा तामाङ (३१) लिखु तामाकोशी–४: बबी तामाङ (२२), दीपेन्द्र बस्नेत (२६) लिखु तामाकोशी–६: दीपेश बस्नेत, मानकुमारी बरुवाल (४५) सिन्धुली गोलन्जोर–६: शिव श्रेष्ठ (३४) दोलखा भीमेश्वर–८: मानबहादुर तामाङ (६०) मृतक दुई जनाको सनाखत अझै बाँकी छ। प्रहरीका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरू खुर्कोट शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचाररत छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ र बाँकी यात्रुको खोजतलाश जारी छ। दुर्घटना भएको बस अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको, काठमाडौँ–ओखलढुङ्गा मार्गको मसानटार, मन्थली...
नेकपाको प्रतिबद्धता सार्वजनिक : ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

नेकपाको प्रतिबद्धता सार्वजनिक : ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

Breaking News 1, Breaking News 2, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको पार्टीले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। पार्टीले आगामी ५ वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र गरिबी दर उल्लेख्य रूपमा घटाउने लक्ष्य अघि सारेको छ। भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने, डिजिटल प्रशासन लागू गर्ने र सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ। यसका साथै, कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने, भूमिहीनलाई लालपुर्जा वितरण गर्ने, स्वास्थ्य सेवा नि:शुल्क बनाउने, ‘एक पालिका–एक स्मार्ट विद्यालय’ लागू गर्ने तथा ऊर्जा, पूर्वाधार र पर्यटन...
सबुज बानियाँलाई अग्रज हास्यकलाकार शैलेन्द्र सिंखडाको विजय शुभकामना

सबुज बानियाँलाई अग्रज हास्यकलाकार शैलेन्द्र सिंखडाको विजय शुभकामना

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । अग्रज हास्यकलाकार शैलेन्द्र सिंखडाले काठमाडौँ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँ (कृष्ण)लाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विजयको शुभकामना दिएका छन्। सिंखडाले बानियाँलाई ‘डटेर काम गर्ने, निरन्तर खट्ने र कहिल्यै पछि नहट्ने व्यक्तित्व’ भन्दै उनको प्रतिबद्धता र मेहनतको प्रशंसा गरेका छन्। उनले ‘सिङ्गै रुख बोकेर हिँड्ने जस्तो दृढ इच्छाशक्ति भएका, कहिल्यै विश्राम नलिने र सुझबुझपूर्ण नेतृत्व क्षमता भएका सबुज बानियाँलाई विजयको शुभकामना’ व्यक्त गरेका छन्। नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापतिसमेत रहेका बानियाँलाई काठमाडौँ क्षेत्र नं. ६ का प्रमुख प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनको चुनावी अभियान सक्रिय रूपमा अघि बढिरहेको छ।...
तामाकोसीमा बस खस्दा दुःखद घटना, उद्धार कार्य जारी

तामाकोसीमा बस खस्दा दुःखद घटना, उद्धार कार्य जारी

Breaking News 1, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
काठमाडौँबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–पोल्थली रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नजिक सेलेघाट क्षेत्रबाट तामाकोसी नदीमा खसेको दुःखद खबर प्राप्त भएको छ। उक्त घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई उद्धार कार्य अझ प्रभावकारी बनाउन आग्रह गरिएको छ। बसमा सवार सबै यात्रुको सकुशल उद्धार होस् भन्ने कामनासहित घटनाको थप विवरण आउन बाँकी छ।...
होटल फरेस्ट इनको आईपीओमा मागभन्दा झन्डै ८ गुणा बढी आवेदन

होटल फरेस्ट इनको आईपीओमा मागभन्दा झन्डै ८ गुणा बढी आवेदन

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, शेयर बजार, समाचार
काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। कम्पनीले निष्काशन गरेको शेयरमा मागभन्दा झन्डै ८ गुणा बढी आवेदन परेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरका लागि आवेदन खुलाएकोमा अन्तिम दिनसम्म २५ लाख ४५ हजार ७३० जना आवेदकबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरका लागि आवेदन परेको छ। यसमार्फत कुल २ अर्ब ८६ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन संकलन भएको छ। धितोपत्र बोर्डको न्यूनतम १० कित्ता शेयर बाँडफाँड नीतिअनुसार करिब ३ लाख ३२ हजार लगानीकर्ताले मात्र शेयर पाउनेछन् भने बाँकी २२ लाखभन्दा बढी आवेदकको हात खाली रहनेछ। कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा रहेका नेपाली नागरिकलाई वितरण गर...
आईसीसी टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल हुँदै

आईसीसी टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल हुँदै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बागमती, विचार, समाचार
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज मंगलबार तीन खेल आयोजना हुँदैछन्। समूह ‘ए’का दुई र समूह ‘डी’को एक खेल हुने तालिका रहेको छ। पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबिया बिहान ११ बजे आमनेसामने हुनेछन्। नामिबियाले प्रतियोगितामा आजबाट आफ्नो यात्रा शुरू गर्दैछ भने नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग तीन विकेटले पराजित भएपछि पुनरागमनको प्रयासमा रहेको छ। दोस्रो खेलमा न्युजिल्यान्ड र यूएईबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो ३:१५ बजे शुरू हुने उक्त खेलमा न्युजिल्यान्ड लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछ। न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। यूएई भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ। आजको अन्तिम खेलमा पाकिस्तान र अमेरिका साँझ ७:१५ बजे भिड्नेछन्। पहिलो खेलमा भारतसँग २९ रनले पराजित भएको अमेरिका पहिलो जितको खोजीमा रहेको छ। पाकिस्तान भने नेदरल्यान्ड्सलाई ...
सिरहा कारागारमा पेस्तोल बरामद, १३ जना नियन्त्रणमा

सिरहा कारागारमा पेस्तोल बरामद, १३ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुरक्षा
सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले गरेको विशेष अनुगमनका क्रममा ‘नाइके’ इन्द्रजित यादवको साथबाट हतियार फेला परेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्न खोजेको थियो। गोप्य सूचनाका आधारमा सोमबार कारागारभित्र खानतलासी गर्दा हतियार बरामद भएको हो। घटनामा संलग्न नाइके यादवसहित १३ जनालाई कारागारबाट प्रहरीले झिकेर हिरासतमा राखेको छ। अधिकारीले भने, ‘उनीहरूलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ।’ नाइके यादव पक्राउ भएपछि उनका समर्थकहरूले कारागारभित्र नाराबाजी, आगजनी र तोडफोडसमेत गरेका थिए। प्रशासनले सुरक्षा सतर्कता कडा पारेको छ। १५० जनाको क्षमताको कारागारमा हाल ४३७ जना कैदी...
हाजिरी जमानीमा रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

हाजिरी जमानीमा रिहा भए मेडिकल व्यवसायी दुर्गा प्रसाईं

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन्। प्रहरीले प्रसाईंलाई शुक्रबार काठमाडौंको दक्षिणकालीस्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो। उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला नियन्त्रणमा लिइएका थिए। प्रसाईंले पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, त्यसपछि मात्रै निर्वाचन’ हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। गत १९ माघमा चितवनमा आयोजित कार्यक्रममा उनले राजसंस्था पुनर्स्थापना नभएसम्म निर्वाचन हुन नसक्ने बताएका थिए। प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम आयोजना गरिएपछि त्यहाँ केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।...
बालेन शाहको डेरा कोठामा चोरी, तीन जना पक्राउ

बालेन शाहको डेरा कोठामा चोरी, तीन जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ–१६, बालाजु हाईट घर भएका र हाल बासवारी बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर–६, पड्कु घर भएका र हाल काठमाडौँ–३१, गैरिगाँउ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का तथा डोटी, दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङ, धुनिबेशी नगरपालिका–७, खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्। प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरू यसअघि पनि अपराधमा संलग्न रहेका थिए।...
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ। जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त सबै प्रकारका हातहतियार तथा गोलीगठ्ठा अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेपछि हालसम्म उक्त सङ्ख्यामा भरुवा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन्। उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले सक्रिय रूपमा प्रहरी परिचालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी हातहतियार सङ्कलन अभियान सञ्चालन गरेका छन्। जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेभित्र सबै इजाजतप्राप्त हातहतियार बुझाइसक्न निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र सबै हातहतियार फिर्ता नआएपछि माघ मसान्तसम...