रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। यसअघि उनी प्रदेश समितिका उपसभापति थिए।
हिजो सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गरेका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदानको तयारी गरिएको थियो। तर अन्ततः सहमतिका आधारमा शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले जानकारी दिए।
प्रारम्भिक मतदानमा शालिकराम घिमिरेले सर्वाधिक १९९ मत प्राप्त गरेका थिए भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
निर्वाचनमा कुल ५५२ मत खसेको थियो।
नवनिर्वाचित सभापति शा...















