छोटी भन्सार खारेजीविरुद्ध बरियारपट्टीमा प्रदर्शन, हुलाकी राजमार्ग अवरुद्ध
सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ ।
नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमार्फत बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय सार्वजनिक गरेको थियो । उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, स्थानीय बजार तथा आर्थिक गतिविधिमा गम्भीर असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडक अवरोध गर्दै बिहान करिब ८ः३० बजेदेखि हुलाकी राजमार्ग बन्द गरेका छन् । सडकको बीचभागमा बेन्च राखेर गरिएको अवरोधका कारण पूर्व–पश्चिम आवतजावत गर्ने सवारी साधन लामो समयसम्म रोकिएका थिए ।
प्रदर्शनमा सहभागीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ...















