बागमती

वाग्मती प्रदेशको बजेट कार्यान्वयन कमजोर, तीन महिनामा ठूलो खर्चको दबाब

वाग्मती प्रदेशको बजेट कार्यान्वयन कमजोर, तीन महिनामा ठूलो खर्चको दबाब

Breaking News 1, अर्थ, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
हेटौंडा — वाग्मती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अपेक्षाअनुसार कमजोर देखिएको छ। आर्थिक वर्ष सकिन अब तीन महिना मात्र बाँकी रहँदा प्रदेश सरकारले कुल विनियोजित बजेटको करिब २८ प्रतिशत मात्र खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय प्रगति विवरणअनुसार कुल ६७ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ बजेटमध्ये हालसम्म १९ अर्ब ३७ करोड रुपैयाँ मात्र खर्च भएको छ। बाँकी वैशाख, जेठ र असार महिनामा ४८ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने चुनौती प्रदेश सरकारसामु रहेको छ। बजेट कार्यान्वयनको यो अवस्थाले वित्तीय व्यवस्थापन र कार्यसम्पादन क्षमतामाथि प्रश्न उठाएको छ। साथै अन्तिम त्रैमासमा अत्यधिक खर्च केन्द्रित हुने पुरानै प्रवृत्ति ‘असारे विकास’ दोहोरिने संकेत देखिएको छ, जसले विकास आयोजनाको गुणस्तर र दीर्घकालीन प्रभावमा नकारात्मक असर पार्न स...
ब्रिटिस गोर्खा समुदायको नागरिकता निरन्तरताको माग, गृहमन्त्रीको ध्यानाकर्षण

ब्रिटिस गोर्खा समुदायको नागरिकता निरन्तरताको माग, गृहमन्त्रीको ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, सुरक्षा
काठमाडौँ । बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिहरूले नागरिकता निरन्तरताको सुनिश्चितताका लागि कानुनी व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । यस विषयमा उनीहरूले सम्बन्धित पक्षसँग भेट गरी गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । हाल प्रचलित नागरिकता सम्बन्धी कानुनअनुसार स्वेच्छाले विदेशी नागरिकता लिने नेपाली नागरिकका सन्तानको नागरिकता स्वतः खारेज हुने व्यवस्था रहेको छ । उक्त प्रावधानले आफूहरू प्रभावित भएको भन्दै ब्रिटिस गोर्खा समुदायले आपत्ति जनाएको छ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) का अध्यक्ष थर्क रानाले नागरिकता ऐनको वर्तमान व्यवस्था संशोधन गरी गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई विशेष प्रावधानमार्फत निरन्तर नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले विशेष गरी सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार बेलायत सरकारको व्यवस्थामा भर्ती...
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य विस्तार गर्ने सहमति

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य विस्तार गर्ने सहमति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौँ, ३ वैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच सडक सुरक्षा, सहरी सुरक्षा तथा सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन आपसी सहकार्य थप सुदृढ गर्ने सहमति भएको छ । भेटवार्तामा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन तथा “सडक मानवमुक्त काठमाडौँ” अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले अझ सशक्त बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याइने विश्वास व्यक्त गरिन् । प्रहरी महानिरीक्षक कार्कीले महानगरका गतिविधिमा आवश्यक समन्वय र सहयोग उपलब्ध गराइने बताउँदै उपत्यका प्रहरी कार्यालयमार्फत फोकल पर्सन तोकेर काम अघि बढाइने जानकारी दिए । छलफलमा लागुऔषध नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान–मद्यपान न...
कोइला अभावले हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

कोइला अभावले हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, विचार
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा कोइलाको मौज्दात सकिएपछि आज (वैशाख ३) बिहानदेखि उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। केही साताअघि मात्रै नियमित सञ्चालनमा फर्किएको उद्योग पुनः कच्चा पदार्थ अभावका कारण बन्द हुन पुगेको हो। उद्योग व्यवस्थापनले करिब तीन हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको जनाएको छ। उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ। कोइलाको गुणस्तर परीक्षणपछि मात्रै पुनः उत्पादन सुरु गर्ने समय निर्धारण गरिने उनले बताए।  ...
सुनचाँदीको भाउमा सामान्य वृद्धि

सुनचाँदीको भाउमा सामान्य वृद्धि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती
काठमाडौं – नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ८२१ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...
रास्वपा संसदीय दलको बैठक आज, समिति सभापति निर्वाचन मुख्य एजेन्डा

रास्वपा संसदीय दलको बैठक आज, समिति सभापति निर्वाचन मुख्य एजेन्डा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२ः१५ बजे सुरु हुने बताइएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बस्ने उक्त बैठकमा संसदीय समितिहरूका सभापति चयनसम्बन्धी विषयलाई मुख्य छलफलको एजेन्डा बनाइएको छ । बैठकमा समिति सभापति निर्वाचनको प्रक्रिया, दलभित्रको भूमिका बाँडफाँड तथा आगामी संसदीय गतिविधि प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरू तथा संसदमा दलको भूमिकालाई थप सशक्त बनाउने विषयमा पनि विचार–विमर्श हुनेछ । यस बैठकलाई दलको आगामी रणनीति तय गर्ने दृष्टिले महत्वपूर्ण मानिएको छ ।...
सात महिनापछि सांसदलाई स्वकीय सचिव सुविधा पुनः दिने तयारी

सात महिनापछि सांसदलाई स्वकीय सचिव सुविधा पुनः दिने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सांसदहरूले स्वकीय सचिव सुविधा नपाउने निर्णय उल्ट्याउने प्रक्रिया अघि बढाइएको छ। पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारले सात महिनाअघि अनुत्पादक खर्च कटौती र मितव्ययी नीतिअनुसार स्वकीय सचिवको व्यवस्था खारेज गरेको थियो। तर, नवनिर्वाचित सांसदहरूको मागपछि उक्त निर्णय पुनर्विचार गर्ने तयारी भएको हो। संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसदहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्था पुनः लागू गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको अध्यक्षतामा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार, स्वकीय सचिव सुविधा पुनः लागू गर्ने विषयमा सभामुखले प्रधानमन्त्री बालेन शाहसँग समेत छलफल गरेका छन्। मन्त्रिपरिषद्बाट चाँडै निर्णय हुने सम्भावना रहेको बताइएको छ। ...

पुलिसलाई हराउँदै झापा–११ फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’को ३८औँ संस्करणमा पूर्वविजेता झापा–११ फाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो। झापाको जितमा फागुराम थारूले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ नजिकबाट गरेको शक्तिशाली प्रहार जालीमा परिणत हुँदा झापाको जित सुनिश्चित भएको थियो। यस जितसँगै झापाले १० वर्षअघिको हारको बदला पनि लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिसबीच भएको प्रतिस्पर्धामा पुलिसले १–० ले नै जित हासिल गरेको थियो। तर, एक दशकपछि सोही मैदानमा उही नतिजा उल्टाउँदै झापाले फाइनल यात्रा तय गरेको हो। खेलको ‘प्लेयर अफ द म्याच’ झापा–११ का सोलोमन किङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्का...
थाहा नगरपालिकामा भव्य रूपमा आरोग्य दिवस सम्पन्न

थाहा नगरपालिकामा भव्य रूपमा आरोग्य दिवस सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
थाहा नगरपालिकाले आज एक विशेष समारोहका बीच आरोग्य दिवस भव्य रूपमा मनाएको छ। समग्र स्वास्थ्य, सुख, सन्तुलित जीवनशैली र सचेत समाज निर्माण गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा नगर क्षेत्रभरका सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्रद्धेय गुरुदेव रमेश नेपाल, उपमेयर भरत गोपाली, नगरप्रमुख विष्णुबहादुर बिष्ट , राजु हुमागाई ज्यु लगायत विभिन्न राजनीतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै, स्थानीय जनसमुदाय, युवा वर्ग, स्वास्थ्यकर्मी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले आरोग्य दिवसले स्वस्थ जीवनशैलीको महत्वलाई अझ सशक्त रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले ...
लिपुलेकसम्म सडक विस्तार गर्दै भारत, मानसरोवर यात्रामा नेपालको मार्ग विस्थापित हुने संकेत

लिपुलेकसम्म सडक विस्तार गर्दै भारत, मानसरोवर यात्रामा नेपालको मार्ग विस्थापित हुने संकेत

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार, सुदूरपश्चिम
काठमाडौं । भारतले लिपुलेकसम्म सडक विस्तारलाई तीव्रता दिँदै मानसरोवर यात्राका लागि नेपालको मार्ग प्रयोग नगर्ने तयारी अघि बढाएको छ। सोमबार भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री Narendra Modi ले दिल्ली–देहरादून एक्सप्रेसवे उद्घाटन गरेका थिए। करिब १२ हजार करोड भारतीय रुपैयाँ लागतको उक्त परियोजनाको उद्घाटन समारोहमा भारतीय सडक परिवहन तथा राजमार्गमन्त्री Nitin Gadkari ले महत्वपूर्ण धारणा व्यक्त गरे। उनले भारत सरकारले मानसरोवरसम्म सिधा सडक पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको बताउँदै अब भारतीय पर्यटकले नेपाल हुँदै यात्रा गर्नुपर्ने बाध्यता हट्ने उल्लेख गरे। ‘मानसरोवरप्रति हाम्रो गहिरो आस्था छ,’ मन्त्री गडकरीले भने, ‘हाल नेपाल हुँदै यात्रा गर्नुपर्ने अवस्था छ, तर अब त्यो आवश्यक नपर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ।’ उनका अनुसार करिब ५ ह...